धुलाबारी फुटबल एकाडेमी प्रथम अध्यक्षकपको सेमिफाइनलमा प्रवेश

,   लिम्बुवान न्युज
                       

कमल, २८ फागुन ।  झापाकाे कमलस्थित केर्खा खेल मैदानमा जारी प्रथम अध्यक्षकपमा  धुलाबारी फुटबल एकाडेमी  सेमिफाइनलमा प्रवेश गरको छ । शनिबार भएको अन्तिम क्वाटरफाइनल खेलमा बेलबारी फुटबल क्लबलाई ४–३ अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

धुलाबारीको तर्फबाट सन्देश खवासले २ गोल गरे । धुलाबारीको जितको लागि निरज कार्की र सन्तोष परियारले थप १–१ गोल गरे । बेलबारीको तर्फबाट विल्सन गिरी, रोहन कार्की र आदित्य तामाङले समान १–१ गोल गरे ।

खेलको ९औं मिनेटमा धुलाबारीका विशाल दर्जीले प्रहार गरेको फ्रिकिक बेलबारीका गोलरक्षक मुस्कान लिम्बुबाट रिवाउन्ड बललाई सदुपयोग गर्दै धुलाबारीका सन्देश खवासले गोल गरे ।

११औं मिनेटमा मानव पौडेलको क्रसमा निरज कार्कीले गोल गर्दै नतिजा दोब्बर बनाए । पहिलो हाफमा धुलाबारीले २–० को नतिजा कायम राखे ।

दोस्रो हाफ पछि खेलको लयमा फर्केको बेलबारीले ४४औं मिनेटमा विल्सन गिरीले गोल गरे । बेलबारीको तर्फबाट ४९औं मिनेटमा रोहन कार्कीले गोल गर्दै टिमलाई बराबारीमा ल्याए । ६२औं मिनेटमा बेलबारीका आदित्य तामाङले गोल गर्दै टिमलाई ३–२को अग्रता दिलाएको थियो ।

तर, ६३औं मिनेटमा धुलाबारीका सन्देश खवासले व्यक्तिगत गोल गर्दै टिमलाई बराबरीमा फर्काए । ७०औं मिनेटमा धुलाबारीका सन्तोष परियारले २८यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । सन्तोषले गरेको सुन्दर गोल नै खेलको निर्णायक गोल बन्यो । जीतसँगै धुलाबारीले एपीएफ पकलीसँग सेमिफाइनल खेल खेल्ने पक्का गरेको छ ।

शनिबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली धुलाबारीका सन्देश खवास घोषित भए । उनले नगद २ हजार ५ सय सहित ट्रफि, मेडल र प्रमाण पत्र पाए ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आइतबार टेम्के फुटबल क्लब सुनसरी र रेडहर्ष फुटबल क्लब इलामबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल सोमबार एपीएफ पकली र धुलाबारी फुटबल एकाडेमीबीच हुनेछ ।

फागुन २५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते बिहिबार हुनेछ । अध्यक्षकपको विजेताले विजेताले नगद २ लाख सहित ट्रफि, मेडर र प्रमाण पत्र पाउनेछ भने उपविजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिनेछ । प्रतियोगिता कमल गाउँपालिका ३ स्थित केरखा खेलमैदानमा भइरहेको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;