धुलाबारी फुटबल एकाडेमी प्रथम अध्यक्षकपको सेमिफाइनलमा प्रवेश

 लिम्बुवान न्युज
                       

कमल, २८ फागुन ।  झापाकाे कमलस्थित केर्खा खेल मैदानमा जारी प्रथम अध्यक्षकपमा  धुलाबारी फुटबल एकाडेमी  सेमिफाइनलमा प्रवेश गरको छ । शनिबार भएको अन्तिम क्वाटरफाइनल खेलमा बेलबारी फुटबल क्लबलाई ४–३ अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

धुलाबारीको तर्फबाट सन्देश खवासले २ गोल गरे । धुलाबारीको जितको लागि निरज कार्की र सन्तोष परियारले थप १–१ गोल गरे । बेलबारीको तर्फबाट विल्सन गिरी, रोहन कार्की र आदित्य तामाङले समान १–१ गोल गरे ।

खेलको ९औं मिनेटमा धुलाबारीका विशाल दर्जीले प्रहार गरेको फ्रिकिक बेलबारीका गोलरक्षक मुस्कान लिम्बुबाट रिवाउन्ड बललाई सदुपयोग गर्दै धुलाबारीका सन्देश खवासले गोल गरे ।

११औं मिनेटमा मानव पौडेलको क्रसमा निरज कार्कीले गोल गर्दै नतिजा दोब्बर बनाए । पहिलो हाफमा धुलाबारीले २–० को नतिजा कायम राखे ।

दोस्रो हाफ पछि खेलको लयमा फर्केको बेलबारीले ४४औं मिनेटमा विल्सन गिरीले गोल गरे । बेलबारीको तर्फबाट ४९औं मिनेटमा रोहन कार्कीले गोल गर्दै टिमलाई बराबारीमा ल्याए । ६२औं मिनेटमा बेलबारीका आदित्य तामाङले गोल गर्दै टिमलाई ३–२को अग्रता दिलाएको थियो ।

तर, ६३औं मिनेटमा धुलाबारीका सन्देश खवासले व्यक्तिगत गोल गर्दै टिमलाई बराबरीमा फर्काए । ७०औं मिनेटमा धुलाबारीका सन्तोष परियारले २८यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । सन्तोषले गरेको सुन्दर गोल नै खेलको निर्णायक गोल बन्यो । जीतसँगै धुलाबारीले एपीएफ पकलीसँग सेमिफाइनल खेल खेल्ने पक्का गरेको छ ।

शनिबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली धुलाबारीका सन्देश खवास घोषित भए । उनले नगद २ हजार ५ सय सहित ट्रफि, मेडल र प्रमाण पत्र पाए ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आइतबार टेम्के फुटबल क्लब सुनसरी र रेडहर्ष फुटबल क्लब इलामबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल सोमबार एपीएफ पकली र धुलाबारी फुटबल एकाडेमीबीच हुनेछ ।

फागुन २५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते बिहिबार हुनेछ । अध्यक्षकपको विजेताले विजेताले नगद २ लाख सहित ट्रफि, मेडर र प्रमाण पत्र पाउनेछ भने उपविजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिनेछ । प्रतियोगिता कमल गाउँपालिका ३ स्थित केरखा खेलमैदानमा भइरहेको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...