धुलाबारीलाई पाखा लगाउँदै एपीएफ पकली फाइनलमा

 लिम्बुवान न्युज
                       

कमल, ३० फागुन ।  झापाकाे कमल ३ स्थित खेल मैदानमा जारी प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा एपीएफ पकली सुसनरी प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै एपीएफले कम्तिमा १ लाख सुरक्षित गरेको छ ।


सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा धुलाबारी फुटबल एकाडेमी झापालाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफ पकलीले फाइनलको यात्रा तय गरेको हो ।
टाइब्रेकरमा धुलाबारीका लागि विशाल दर्जीले मात्र गोल गर्न सफल भए । सन्तोष परियारको प्रहार एपीएफका गोल रक्षक दिलकुमार लिम्बुले बिफल पारिदिए । सन्देश खवास र अविनाश चौधरीको प्रहार पोष्ट बाहिरिएको थियो ।


एपीएफ पकलीका सन्तोष कटुवाल, दिवस गिरी र सविन थापाले टाइब्रेकरमा गोल गर्न सफल भए ।

दोस्रो सेमिफाइनल अन्तर्गतको खेलमा २१औं मिनेटमा धुलाबारीका सन्तोष परियारले २३यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार पोष्टबारमा ठोकिएर बल रिवाउन्ड भएको थियो ।

३८औं मिनेटमा एपीएफका तपन कार्कीको क्रसलाई एपीएफका शैलेन्द्र राईले सदुपयोग गर्न सकेन । दोस्रो हाफको २२औ. मिनेटमा पोष्ट भित्रको बललाई धुलाबारीका डिफेन्डर विशाल दर्जीले उत्कृष्ट बचाउ गरे । २८औं मिनेटमा एपीएफले पाएको फ्रिकिक रोमन भुजेलले प्रहार गरेको बललाई धुलाबारीका गोलरक्षक विपिन चौधरीले बचाउ गरे ।

निर्धारित समयमा गोल रहित बराबरी रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

सोमबार भएको खेलको प्लेयर अफ दि म्याच धुलाबारीका विशाल दर्जी घोषित भए । उनले नगद २ हजार ५ सय सहित ट्रफि, मेडल र प्रमाण पत्र पाए ।

फागुन २५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते बिहिबार हुनेछ । अध्यक्षकपको विजेताले विजेताले नगद २ लाख सहित ट्रफि, मेडर र प्रमाण पत्र पाउनेछ भने उपविजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...