
दमक,१ चैत । दमकमा यहि चैत ७ गतेदेखि मोफलसलकै सर्वाधिक पुरस्कार राशी भएको दमक गोल्डकप–२०७८ को दोस्रो संस्करण हुने भएको छ । दमक नगरपालिका खेलकुद विकास समिति मुख्य आयोजक रहेको गोल्डकप यहि चैत ९ –१८ गतेसम्म सञ्चालन हुने भएको हो ।
आयोजकले आज दमकमा पत्रकार सम्मेलन गरि गोल्डकप तयारी अन्तिम चरणमा पुगेको खेलकुद बिकास समितिका अध्यक्ष भीमराज केसीले बताए ।
उनका अनुसार गोल्डकपका विजेताले रु १३ लाख ११ हजार र उपविजेताले रु ६ लाख ११ हजार,ट्रफी प्राप्त गर्ने छन् भने विभिन्न विधागत विजेता तथा उत्कृष्ट खेलाडीलाई जनही रु २१ हजार माथिको पुरस्कारको व्यवस्था समेत गरिएको छ ।गोल्डकपमा भारत , अफ्रिकासहित राष्ट्रिय स्तरका विभिन्न १० वटा क्लवहरुको सहभागिता रहने छ ।
दमक –३ स्थित प्रस्तावित मदन भण्डारी रङ्गशालामा हुने उक्त गोल्डकप सम्पन्न गर्नका लागि रु १ करोड २३ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । यस मध्येबाट रु २५ लाख रुपैँया दमक नगरपालिकाले व्यहोर्ने र बाँकी रकम प्रायोजक, सह –प्रायोजक र गेट टिकट बिक्रीबाट संकलन गर्ने लक्ष्य राखिएको अध्यक्ष केसीले बताए । यसअघि २०७५ सालमा सम्पन्न प्रथम दमक गोल्डकपबाट मात्र आयोजकले रु २३ लाख ७८ हजार रुपैँया बचत गर्न सफल भएको जनाईएको छ ।