शिवसताक्षी १ मा लिम्बुवानको २ दिने प्रशिक्षण

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, १ चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल शिवसताक्षी १ नम्बर वडा समितिले दुई दिने राजनैतिक प्रशिक्षण कार्यक्रम आजबाट शुभारम्भ गरेको छ । मञ्चका प्रदेश सचिव भविराज तुम्साले वडा समितिका नेताहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

लिम्बुवान मञ्चको आगामी स्थानीय चुनावमा सहभागीता बारे र प्रचारप्रसारका साथै लिम्बुवान राज्य प्राप्ति बारे प्रशिक्षण दिईने युवा नेता विवेक सुनुवारले बताएका छन् ।

धरमपुरस्थित फुलबारी सेवा संगम क्लबको सभाहलमा भईरहेको प्रशिक्षण कार्यक्रम भोली बुधबारसम्म चल्नेछ । वडाध्यक्षा ज्ञानुहाङ सेर्माको सभाध्यक्षतामा भईरहेको कार्यक्रममा प्रान्तीय सचिव भिमबहादुर सुनुवार र भक्त मेन्याङबो, संघीय सदस्य किराती बिबेक सुनुवार (लिनोच), प्रान्तीय सचिवालय सदस्य दिलबहादुर सेरेङ एलभी केन्द्रीय उपकमान्डर राजकुमार चेम्जोङ, झापा जिल्ला अध्यक्ष नगेन राईले प्रशिक्षण कार्यक्रम सफलताकाे शुभकामना दिएका थिए ।

यसरी नै कार्यक्रममा जिल्ला सदस्यहरु; गणेश कुमार चेम्जोङ, टेकबहादुर तुम्सा, समीर योङ्हाङ, क्षेत्र नं. ४ (क) देबेन्द्र आङ्देम्बे, क्षेत्र नं. ४ (क) का इन्द्रबहादुर सेर्मा, मनप्रसाद नेम्वाङ, शिवसताक्षी नगरका अध्यक्ष बिचारी लावती, नगर उपाध्यक्ष शिव सेर्मा, पूर्व नगर उपाध्यक्ष देबीबहादुर निङ्लेखु, क्षेत्र नं. ४ (क) का लिम्बुवान भोलेन्ट्रयस सह– इन्चार्ज सुबिन चेम्जोङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य वडाका उपाध्यक्ष उमनाथ दमाईले राखेका थिए भने कार्यक्रम संचालन वडासचिव मनिता आङ्देम्बेले गरेकी थिइन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...