अध्यक्षकप फुटबलकाे उपाधी टेम्केलाइ

 लिम्बुवान न्युज
                       

दमक, ३ चैत्र / झापाको कमलमा सम्पन्न प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि टेम्के फुटबल क्लब सुनसरीले जितेको छ ।  बिहीबार भएको फाइनल खेलमा एपीएफ पकली सुसनरीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि चुमेको हो । उपाधिसँगै टेम्केले नगद २ लाखसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।

उपविजेता एपीएफ पकलीले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको थियो । दोस्रो हाफको ११औं मिनेटमा टेम्केका अभिषेक खड्काको क्रसमा रोमन लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । प्रतियोगिता भरी थप गोल हुन नसक्दा रोमन लिम्बूको गोल नै जितका लागि निर्णायक गोल बन्यो । प्रतिस्पर्धात्मक फाइनल खेलमा गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएका थिए । खेलको १७औं मिनेटमा एपीएफले पाएको फ्रिकिक युवराज खड्काको शक्तिसाली प्रहार टेम्केका गोलरक्षक प्रवीण लिम्बूले उत्कृष्ट बचाउ गरे ।

६५औं मिनेटमा एपीएफका रोमन भुजेलले प्रहार गरेको बल पोष्ट बाहिरिएको थियो । बिहीबार भएको खेलको प्लेयर अफ दी म्याच टेम्केका रोमन लिम्बू घोषित भए । उनले नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उत्कृष्ट गोलरक्षक टेम्केका प्रवीण लिम्बू घोषित भए । प्रतियोगिताको उत्कृष्ट डिफेन्डर एपीएफका दिवस गिरी, उत्कृष्ट स्टाइकर टेम्केका आकाश राई, उत्कृष्ट कोच टेम्केका जोगिन मरिक घोषित भए । उनीहरुले नगद ३ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफका रोमन भुजेल घोषित भए । उनले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिताको समापन समारोहका अवसरमा अग्रज खेलाडी बलबहादुर कार्कीलाई सम्मान गरिएको थियो । विगतमा केर्खा क्षेत्रमा कार्कीले फुटबल खेलको विकासमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । कार्कीले केर्खा फुटबल क्लबसँगै झापा ११, बौद्ध फुटबल क्लबबाट समेत खेल खेलेका थिए । समारोहका बीच कमल गाउँपालिकाका फुटबल कोच रुस्तम राई, नवकिरण बाल क्लब लगायतलाई सम्मान गरिएको थियो ।

कमल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष चतुरभुज सुवेदीको अध्यक्षता तथा प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनुप्रसाद सिवाकोटी, प्रमुख प्रशाशकीय अधिकृत काजीमान राई लगायत स्थानीय पार्टी प्रतिनिधि साथै खेलप्रमीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...