सहकारीले स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्ने

 लिम्बुवान न्युज
                       

दमक, ८ चैत–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले ११औं स्थापना दिवस मनाउने भएको छ । दमक–६ वरपिपल चौकमा अवस्थित विश्वासिाले बचत तथा ऋण सहकारी संस्थाले यहि शनिबार वरपिपल चौकमा स्थापना दिवस मनाउने भएको हो ।

संस्थाका अध्यक्ष समेत रहनुभएका दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य अशिम राईका अनुसार स्थापना दिवसको अवसर पारेर कार्यालय परिसरमा बृहत खुल्ला रक्तदान कार्यक्रमसहित शुभकामना आदान–प्रदान कार्यक्रम गरिने छ ।

यसअघिका स्थापना दिवसलाई कोरोना भाइरसको संक्रमणको कारणले चाहेर पनि गर्न नसकिएको र यसवर्षको स्थापना दिवसमा स्वास्थ्य, शिक्षा र मानवीय सेवाप्रति योगदान गर्ने उदेश्यले रक्तादान कार्यक्रम आयोजना गरिएको अध्यक्ष राईले बताउनुभयो ।

शनिबार विहान ७ बजे सुरु हुने वृहत खुल्ला रक्तादानमा दमकस्थित नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग हुने संस्थाका सचिव सुमन थुलुङ राईले जानकारी दिनुभयो । सचिव राईका अनुसार रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक समिति, शेयर सदस्य, कर्मचारी र शुभेच्छुकहरुको सहभागिता रहने छन् ।

सोही अवसर पारेर संस्थाले रक्तदान कार्यक्रमबीच संक्षिप्तमा शुभकामना आदान–प्रदान समेत गरिने भएको छ । संस्था स्थापना भएको ११औं बर्षमा गरेका कार्यको समिक्षा गर्दै आगामी समयमा संस्थाले गर्ने वित्तिय सेवा, शिक्षा, प्रभावकारीता र आगामी योजनासम्बन्धी समिक्षा गरिने भएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;