सहकारीले स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्ने

,   लिम्बुवान न्युज
                       

दमक, ८ चैत–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले ११औं स्थापना दिवस मनाउने भएको छ । दमक–६ वरपिपल चौकमा अवस्थित विश्वासिाले बचत तथा ऋण सहकारी संस्थाले यहि शनिबार वरपिपल चौकमा स्थापना दिवस मनाउने भएको हो ।

संस्थाका अध्यक्ष समेत रहनुभएका दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य अशिम राईका अनुसार स्थापना दिवसको अवसर पारेर कार्यालय परिसरमा बृहत खुल्ला रक्तदान कार्यक्रमसहित शुभकामना आदान–प्रदान कार्यक्रम गरिने छ ।

यसअघिका स्थापना दिवसलाई कोरोना भाइरसको संक्रमणको कारणले चाहेर पनि गर्न नसकिएको र यसवर्षको स्थापना दिवसमा स्वास्थ्य, शिक्षा र मानवीय सेवाप्रति योगदान गर्ने उदेश्यले रक्तादान कार्यक्रम आयोजना गरिएको अध्यक्ष राईले बताउनुभयो ।

शनिबार विहान ७ बजे सुरु हुने वृहत खुल्ला रक्तादानमा दमकस्थित नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग हुने संस्थाका सचिव सुमन थुलुङ राईले जानकारी दिनुभयो । सचिव राईका अनुसार रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक समिति, शेयर सदस्य, कर्मचारी र शुभेच्छुकहरुको सहभागिता रहने छन् ।

सोही अवसर पारेर संस्थाले रक्तदान कार्यक्रमबीच संक्षिप्तमा शुभकामना आदान–प्रदान समेत गरिने भएको छ । संस्था स्थापना भएको ११औं बर्षमा गरेका कार्यको समिक्षा गर्दै आगामी समयमा संस्थाले गर्ने वित्तिय सेवा, शिक्षा, प्रभावकारीता र आगामी योजनासम्बन्धी समिक्षा गरिने भएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;