
मोरङ्, १२ चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल लेटाङ् नगर समितिले संगठन विस्तारलाई तिब्रता दिएको छ । नजिकीदै गरेको स्थानीय चुनावलाई लक्षित गर्दै वार्ड, टोल गठन र क्रियासिल वितरणलाई तिब्रता दिएको हो ।
शनिबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सह–सचिव चौकीदार तामाङ्को प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष जिवन खेवा लिम्बुको विशेष आतिथ्यतामा वडा नं. ६ लामाटार टोल समिति गठन भएको हो । घनेन्द्र चेम्जोङ् लिम्बुको संयोजकत्वमा गठित समितिको उपसंयोजकमा मान बहादुर चेम्जोङ् रहेका छन् ।
यसैगरी समितिको सदस्यहरुमा ज्योति लिम्बु, सरोज लिम्बु, उत्तम लिम्बु, शुक्रबहादुर राई, अनिता कुमारी परिवार, मिरा मगर र टंकमाया लिम्बु रहेका छन् ।
कार्यक्रममा क्षेत्रीय संयोजक भवानी माखिम, लेटाङ नगरअध्यक्ष किशोर राई, सचिव शेरसिं लिम्बु, तुम्याहाङ काली प्रसाद लिम्बु लगायत स्थानीय नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम घनेन्द्र लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।