
चुलाचुली, १२ चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुलीले टोल गठनलाई निरन्तरता दिएको छ । शनिबार सिरानताला टोलमा टीकाराम राईको संयोजकत्वमा नयाँ समिति गठन गरेको हो ।
मञ्चका प्रान्तीय उपाध्यक्ष थाङसाङ लावतीको प्रमुख आतिथ्यतामा टोल समिति गठन निरन्तर भईरहेको हो । समितिको सहसंयोजकमा श्याम बहादुर देवान, सचिवमा मनोज राई, अर्थसचिवमा प्रमिला राई, सहसचिवमा कुमार कट्वाल रहेका छन् ।
यसैगरी समितिको सदस्यहरुमा सरोज राई, राजन राई, विमला राई, केहेरसिं राई, सरिता राई, बजेन्द्र राई, आइत बहादुर तिलिङ्, पेल बहादुर तिलिङ्, मणिन्द्र देवान, विमल राई, काली बहादुर राई, नेत्र देवान, प्रकाश खालिङ, धनकुमार राई, हर्क बहादुर राई, वविता राई, हर्क राई, विमला राई र मनी राई रहेका छन् ।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै मञ्चले चुलाचुली १ मा टोल समिति गठनलाई निरन्तर दिईरहेको मञ्चका सचिवालय सदस्य तथा वडा नं. १ का अध्यक्ष पूर्ण लावतीले बताए ।