चुलाचुली १ सिरानताला टोलमा लिम्बुवान मञ्च गठन

 लिम्बुवान न्युज
                       

चुलाचुली, १२ चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुलीले टोल गठनलाई निरन्तरता दिएको छ । शनिबार सिरानताला टोलमा टीकाराम राईको संयोजकत्वमा नयाँ समिति गठन गरेको हो ।

मञ्चका प्रान्तीय उपाध्यक्ष थाङसाङ लावतीको प्रमुख आतिथ्यतामा टोल समिति गठन निरन्तर भईरहेको हो । समितिको सहसंयोजकमा श्याम बहादुर देवान, सचिवमा मनोज राई, अर्थसचिवमा प्रमिला राई, सहसचिवमा कुमार कट्वाल रहेका छन् ।

यसैगरी समितिको सदस्यहरुमा सरोज राई, राजन राई, विमला राई, केहेरसिं राई, सरिता राई, बजेन्द्र राई, आइत बहादुर तिलिङ्, पेल बहादुर तिलिङ्, मणिन्द्र देवान, विमल राई, काली बहादुर राई, नेत्र देवान, प्रकाश खालिङ, धनकुमार राई, हर्क बहादुर राई, वविता राई, हर्क राई, विमला राई र मनी राई रहेका छन् ।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै मञ्चले चुलाचुली १ मा टोल समिति गठनलाई निरन्तर दिईरहेको मञ्चका सचिवालय सदस्य तथा वडा नं. १ का अध्यक्ष पूर्ण लावतीले बताए ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...