
दमक, १३ चैत / दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गरगहना लुटपाटको आरोपमा दमकका एक जनासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । एक जना भने फरार छन् ।
दमकबाट बर्दिबास लैजाँदै गरेको चाँदीका गहना लुटपाट भएको सूचना प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न मध्ये ४ जनालाई चाँदीका गहना सहित नियन्त्रणमा लिएको हो ।
बेलवारी नगरपालिका–४ को बेतना सिमसार क्षेत्रमा गत चैत ८ गते चाँदीको गर–गहना लुटपाट भएको थियो । पक्राउ पर्नेहरुमा दमक नगरपालिका–३ का २५ बर्षीय सबिन बिश्वकर्मा, बर्दिबास नगरपालिका–१ का ३४ बर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका–६ उदयपुरका २४ बर्षीय बिशाल बि.क. र ईटहरी–५ का २४ बर्षीय बादल बि.क. रहेका छन् ।
पक्राउ परेको सो समुहले चैत्र ८ गते बिहान पाथीभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले बर्दिवास लैजाँदै गरेको चाँदी लुटपाट गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।