अप्पर तमोर जलविद्युत निर्माण स्थलमा स्थानीयको प्रदर्शन

,   लिम्बुवान न्युज
                       


दमक, ३ असार । ताप्लेजुङ जिल्ला फक्ताङलुङस्थित लिङखिममा निर्माणाधीन अप्पर तमोर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीयले विरोध गर्दै प्रदर्शन गरेका छन् ।

शुक्रवार प्रभावित क्षेत्रका बासिन्दाले उक्त आयोजनाको काम रोक्नुपर्ने माग गर्दैे प्रदर्शन गरेका हुन् ।

याक्थुङ (लिम्बू) समुदायको मुन्धुम स्थल इम्बिरी याङथाङवामा जबरजस्ती आयोजना निर्माण गर्न सुरु गरिएकोभन्दै प्रभावित क्षेत्रका बासिन्दाले विरोध गर्दै आएका छन् । अपर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समिति नै गठन गरेर सुरुदेखि नै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले विरोध जनाउँदै आएका हुन् ।

संघर्ष समितिले विभिन्न समयमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ मार्फत संघीय सरकारसहित विभिन्न निकायमा ज्ञापन पत्र र ध्यानाकर्षण पत्रमार्फत जलविद्युत आयोजनाको काम रोक्नुपर्ने माग गर्दै आइरहेको समितिका संयोजक विरवल लिङखिमले बताए । आयोजनाको काम नरोकिएमा अब चुप नबस्ने आन्दोलनलाई थप शक्ति बनाएर लाने संयोजक लिङखिमले बताए ।

लिम्बु याक्थुङहरुले यसै तमोर सभ्यता इम्बिरी याङथाङवामा मानवको उत्पत्ति भई मानव सभ्यता विकास भएको यस पवित्र मुन्धुमी स्थलको राज्यले संरक्षण गर्नुपर्नेमा जलविद्युत कम्पनीहरुलाई लाईसेन्स बाढेर मुन्धुमी सभ्यता नै समाप्त पार्ने भएकाले विभिन्न ज्ञापन पत्र, ध्यानाकर्षण पत्र लगायतका माध्यममार्फत आयोजनाको काम रोक्न अनुरोधसहित माग गर्दा पनि काम नरोकिएकाले आन्दोलनमै उत्रन बाध्य भएको संघर्ष समितिका श्री लिङखिम बताउँछन् ।

शुक्रवार भएको आयोजनाको विरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्नुहुँदै लिङ्खिमले शुक्रवारसमेत पाँच पटकसम्म निर्माण स्थलमै आयोजनाको विरोधमा प्रदर्शन गरिएको बताए ।

अब पनि निर्माणको कामलाई निरन्तरता दिएमा हालसम्म भई रहेको शान्तिपूर्ण आन्दोलनको स्वरूप परिवर्तन हुने समेत उनले चेतावनी दिए । उनले भने–“स्वरूप परिवर्तनपछि हुने आन्दोलनबाट हुन कुनैपनि क्षति पुगेमा सरकार र सम्बन्धित पक्षले बेहोर्नुपर्ने छ ।”

मुन्धुमी स्थलको अतिक्रमण गरी जलविद्युत आयोजना निर्माण गर्दा मौलिक सभ्यता, परम्परा तथा संस्कृति मासिने भएकाले इम्बिरी याङथाङवा मुन्धुमी स्थलको संरक्षण गर्न आफूहरू लागिपरेको श्रीले बताएका छन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले गरेको विरोध प्रदर्शनमा क्षति पुग्न नदिन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु बाकुलो रुपमा परिचालित भएका थिए ।

तस्वीर सामाजिक संजालबाटः

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;