केर्खामा ‘सिसेक्पा तङनाम’ भव्य मनाइयाे

,   लिम्बुवान न्युज
                       

  • बसन्त राज सुब्बा

कमल, झापा /  कमलस्थित केर्खा बजारमा याक्थुङ/लिम्बु जातिको मौलिक चार्ड सिसेक्पा तङनाम कार्यक्रम भव्यरूपमा सम्पन्न भएकाे छ ।  साउन २ गते याक्थुङ /लिम्बु जातिको मौलिक चार्ड ” सिसेक्पा तङनाम” साउने संक्रान्ती २०८२ येले तङ्बे ५०८५ विभिन्न कार्यक्रम गरी मनाइएकाे हाे ।

फक्तालुङ सयङ सास्कृतिक मञ्च झापा, याक्थुङ चलचित्रकर्मी संघ झापा, याक्थुङ युवा मञ्च कमल र किरात याक्थुङ चुम्लुङ कमल ३ नम्बर वडा शाखाको संयुक्त आयोजनामा एतिहासिक कार्यक्रम भएकाे हाे ।

भाषा लिपि संस्कार सस्कृति संरक्षक एव वरिष्ट कलाकार प्रेम पन्धाककाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा सभाअध्यक्ष सयङका झापा अध्यक्ष लाल बहादुर नेयङको अध्यक्षतामा भएको थियो ।

लिम्बू जाति आफ्नै मौलिक संस्कृति र संस्कार विविधताले सम्पन्न जाति हो । लिम्बू जाति प्रकृतिक पूजक हुन् । कृषिमा आधारित जीवनशैली अपनाई आएका लिम्बू जातिले ऋतु परिवर्तन सँगसँगै खेतीपातिलाई ध्यान दिई चाडपर्वहरू परम्परा रहि आएकाे छ । यसरी मनाइने चाडहरूमध्ये सिसेक्पा तङ्नाम पनि एक हो । यसको मौलिक विशेषता के हो भने विभिन्न जाति, वर्ण, धार्मिक, सांस्कृतिक समुदायले यो चाडलाई विभिन्न तरिकाले बुझ्ने र मनाउने गरेको पाइन्छ ।

सिसेक्पा तङनामलाइ खाने अन्न, फलफूल पाक्यो भनी देखाइएको हो र अनिकाललाई खेद्न सक्ने शक्ति हामीले पायौँ भनी खबरदारी गर्दै आउलास् भनी अनिकाल र दुःखलाई खेदाउने अनिकालको विदाइ र सहकालको स्वागत गर्ने चाड पर्व (अनिकाल खेदने चाड) भन्ने गरिन्छ ।

त्यस्तै विशिष्ट अतिथि याक्थुङ युवा मञ्च केन्द्रिय अध्यक्ष राजेन्द्र इधिङगो,  याक्थुङ चलचित्रकर्मी संघ झापा अध्यक्ष चन्द्र लिम्बु, किरात याक्थुङ चुम्लुङ झापा जिल्लाका पुर्व सल्लाहकार सुर्य प्रसाद लिम्बु, आदिबासी जनजाती महासंघ कमल गा.पा अध्यक्ष बदी राई, किरात राई यायोख्या कमल उपाध्यक्ष शेलिना राई लगायतले सिसेक्पा तङ्नामको शुभकामना दिदै आ-आफ्नो भनाई राखेका थिए ।

सिसेक्पा तङ्नाम कार्यक्रममा याक्थुङ लिम्बु जाति समुदाय सस्कार अनुरुप धाननाँच, केलाङ (च्याब्रुङ) नृत्य र पाहुनाहरुलाई मौलिक खान पिन बासले बुनेको पेरोङगे थुङचेमा राखि स्वागत गरिएको थियो ।

कार्यक्रममा सहभागी कलाकारहरूलाइ सम्मान पत्र र मायाकाे चिनाेले सम्मान गरिएकाे थियाे । कार्यक्रममा  युवा मञ्चका केन्द्रिय सदस्य बसन्त राज योङहाङ , किरात याक्थुङ चुम्लुङ राष्ट्रिय सदस्य नरेनहाङ लिम्बु , किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक, कि.या.चु पुर्व जिल्ला सदस्य मन कुमार लिम्बु , सामाजिक व्यक्तित्व बलनाथ नाल्बो , फक्तालुङ सयङ सुनसरी अध्यक्ष सोम सेरेङ लिम्बु , मोरङ अध्यक्ष गणेश लिम्बु , युवा मंच कमल अध्यक्ष आशिष लेर्छवो लिम्बु , उपाध्यक्ष प्रकास आङबाे , कि.या .चु कमल उपाध्यक्ष अम्मर लिम्बु , महिला समावेशी शसक्तिकरण केन्द्र अध्यक्ष पुर्णिमा देवान, समाजसेवी तर्क राज लिम्बु , सन्तोस लिम्बु , मिडियाकर्मी एन जी माङलाक लगायत उपस्थित रहेको थियो ।

उक्त कार्यक्रम संचालिका मिना नेम्वाङले गरेकी थिइन भने स्वागत मन्तव्य याक्थुङ चलचित्र नायक कलाकार हिमाल लिम्बु गरेका थिए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;