चाँदीका गरगहना लुट्ने चार जना पक्राउ

 लिम्बुवान न्युज
                       

दमक, १३ चैत /  दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गरगहना लुटपाटको आरोपमा दमकका एक जनासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  एक जना भने फरार छन् ।

दमकबाट बर्दिबास लैजाँदै गरेको चाँदीका गहना लुटपाट भएको सूचना प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न मध्ये ४ जनालाई चाँदीका गहना सहित नियन्त्रणमा लिएको हो ।

बेलवारी नगरपालिका–४ को बेतना सिमसार क्षेत्रमा गत चैत ८ गते चाँदीको गर–गहना लुटपाट भएको थियो । पक्राउ पर्नेहरुमा दमक नगरपालिका–३ का २५ बर्षीय सबिन बिश्वकर्मा, बर्दिबास नगरपालिका–१ का ३४ बर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका–६ उदयपुरका २४ बर्षीय बिशाल बि.क. र ईटहरी–५ का २४ बर्षीय बादल बि.क. रहेका छन् ।

पक्राउ परेको सो समुहले चैत्र ८ गते बिहान पाथीभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले बर्दिवास लैजाँदै गरेको चाँदी लुटपाट गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...