चाँदीका गरगहना लुट्ने चार जना पक्राउ

,   लिम्बुवान न्युज
                       

दमक, १३ चैत /  दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गरगहना लुटपाटको आरोपमा दमकका एक जनासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  एक जना भने फरार छन् ।

दमकबाट बर्दिबास लैजाँदै गरेको चाँदीका गहना लुटपाट भएको सूचना प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न मध्ये ४ जनालाई चाँदीका गहना सहित नियन्त्रणमा लिएको हो ।

बेलवारी नगरपालिका–४ को बेतना सिमसार क्षेत्रमा गत चैत ८ गते चाँदीको गर–गहना लुटपाट भएको थियो । पक्राउ पर्नेहरुमा दमक नगरपालिका–३ का २५ बर्षीय सबिन बिश्वकर्मा, बर्दिबास नगरपालिका–१ का ३४ बर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका–६ उदयपुरका २४ बर्षीय बिशाल बि.क. र ईटहरी–५ का २४ बर्षीय बादल बि.क. रहेका छन् ।

पक्राउ परेको सो समुहले चैत्र ८ गते बिहान पाथीभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले बर्दिवास लैजाँदै गरेको चाँदी लुटपाट गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;