
इटहरी, १३ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल सुनसरी जिल्ला क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र क मा क्षेत्रीय समिति गठन भएको छ ।
मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमले सनवीर लिम्बुको अध्यक्षतामा समिति गठन भएको हो ।
आइतबार आयोजित कार्यक्रमले उपसंयोजकहरुमा पदम केदेम, सुरेन्द्र देवान र उमा लिम्बु चयन भएका छन् भने सचिवमा दिवश लिम्बु, अर्थसचिवमा विनी लिम्बु चयन भएका छन् ।
यसरी नै सदस्यहरुमा क्रमशः धनबहादुर बि.क., एलोन श्रेष्ठ, सविना लिम्बु, लक्ष्मण लिम्बु, सरिता राई अधिकारी, दिलमाया लिम्बु, ज्ञान बहादुर लिम्बु, धनबहादुर ओख्राबो, तेज बहादुर लाबुङ, धनलाल केदेम, सरस्वती साँवा लिम्बु र इन्द्रकला लिम्बु चयन भएका छन् ।
प्रान्तीय उपमहासचिव तथा संयोजक भुपेन्द्र सुन्दर लावतीको सभाध्यक्षतामा भएको उक्त कार्यक्रमलाई अदत लिम्बुले सहजीकरण गरेका थिए । कार्यक्रममा नैन विश्वकर्मा, जिल्ला अध्यक्ष अमर इजम, जिल्ला उपाध्यक्षहरु तिर्थ मादेम्बो, मनोहर थलङ लगायत जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।