
पोक्लावाङ, १४ चैत । तेह्रथुमको पोक्लावाङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चको प्रदेश निर्वाचन क्षेत्र ख समिती गठन सम्पन्न भएको छ ।
क्षेत्रीय सह इन्चार्ज सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षता तथा मञ्चको संघीय सह सचिब संकर खेवाको आतिथ्यतामा सम्पन्न भेलाले तिलबिक्रम हुक्पा चोङबाङको अध्यक्षतामा तपसिल अनुसारको ५७ सदस्यीय समिति गठन गरेको छ ।
क्षेत्र ख का आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिकाका सदस्यहरुको प्रतिनिधित्व रहेको कार्यक्रममा जिल्ला अध्यक्ष बिजय निङलेकु, एल.भि कमाण्डर मान बहादुर लिम्बू जिल्ला सदस्य सुवास लुम्फुङ्वा र बिरु निङलेकुको समेत उपस्थित रहेको थियो ।
गठित समितिमा संयोजक तिलबिक्रम हुक्पा चोङबाङ सह–संयोजक बिकास इङनाम, सचिब घनश्याम लुम्फुङवा सदस्यहरु क्रमसः हाङनारायण इङ्नाम, कुमार इङ्नाम, जेवी कन्दङवा, रण ब इङनाम, इन्द्र कन्दङवा, बिकास इङ्नाम, नारायणमान इङ्नाम, जित बहादुर इङ्नाम, दिलिप निङलेकु, बीरु निङ्लेकु, किरण निङलेखु, छत्र निङ्लेकु, देउमान पङयाङ्गु, सुवास लुम्फुङवा, सन्दीप मादेम्बा, सुर्य मादेम्बा, कुमार मादेम्बा, वुद्विमान आङ्बुङ, पञ्च पंधाक, गिरी पंधाक, बिक्रम हुक्पा चोङबाङ, टेकेन्द्र पंधाक लगायत निर्वाचित भएका छन ।