दमकमा रन यूथ मिरा हुने

 लिम्बुवान न्युज
                       

दमक, १४ चैत । दमकमा यहि चैत १९ गते ‘रन यूथ मिरा’ हुने भएको छ । अल्ट्राम्याराथन धावक मिरा राईको सहभागितामा रन यूथ मिरा दौड हुने भएको दौडको संयोजन गरिआएको एडभेन्चेयर एक्यूप्मेन्टका सञ्चालक भिषण राईले बताए ।

दौड खेलमा संलग्न खेलाडीहरुलाई प्रोत्साहन दिने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको उनले जनाएका छन् । स्थानीय गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा हुने सो दौड भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको उनले बताएका छन् । उनले भने, –‘ख्याति प्राप्त राष्ट्रिय धावक मिरा राईको संस्थालाई सहयोग जुटाउन तथा खेलाडीहरुलाई हौसल्ला प्रदान गर्न उक्त दौडको आयोजना गर्न लागिएको हो ’ ।

दौडमा सहभागि हुन चाहने खेलाडीहरुलाई एक दिन अगावै दमक– ८ सेतुमारी रोडस्थित एडभेन्चेयर एक्यूप्मेन्टमा सम्पर्क गरि नाम दर्ता गर्न सकिने जनाईएको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...