
उर्लाबारी, १४ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय प्रान्तीय मञ्च, नेपाल उर्लाबारी नगरको आयोजनामा उर्लाबारी ८ दुर्गापुरीस्थित किरात याक्थुङ चुम्लुङकाे सभाहलमा अन्तरक्रिया तथा क्रियासिल सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ ।
मञ्चका संघीय महासचिव अशोक चेम्जोङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको हो ।

मञ्चमा प्रान्तीय महासचिव दिलकुमार लावती, संघीय सहसचिव चौकीदार तामाङ्, सचिवालय सदस्य हरिराज खिम्दीङ्, लिम्बुवान प्रान्तीय सचिव दिलु लिङदेन, एलभी कमाण्डर राजु लिम्बु, जिल्ला अध्यक्ष जीवन खेवा, जिल्लाका अन्य नेताज्युहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा मञ्चको आगामी कार्यदिशा र स्थानीय तहको निर्वाचनमा कस्तो भूमिका रहन्छ भन्नेबारेमा महासचिव चेम्जोङले बोल्नुभयो भने अन्य नेताज्यूहरुले मञ्च चुनावमा सहभागी हुने बताएका छन् । कार्यक्रममा मञ्चको क्रियासिल सदस्यता वितरण समेत गरिएको थियो ।

नगरअध्यक्ष चन्द्र पालुङ्वाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला सचिव बरुण लाबुङले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण नगरसचिव अञ्जु लिङ्देनले गरेकि थिइन् ।