अमर नेम्बाङ लिम्बू स्मृति पुरस्कारबाट सुब्बा र थिङ पुरस्कृत

,   लिम्बुवान न्युज
                       

पाँचथर, १५ चैत / लेखक अमर नेम्बाङ लिम्बूको नाममा स्थापित अमर नेम्बाङ लिम्बू स्मृति पुरस्कार–२०७८ बाट लेखक शारदा सुब्बा र बिना थिङ मंगलबार फिदिममा पुरस्कृत भएका छन् ।

फिदिमस्थित मनश्वी होटलको सभाहलमा आयोजित कार्यक्रममा लेखक थिङलाई कार्यक्रमका प्रमुख अतिथि, नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना लगायतले सम्मान–पत्र, दोसल्ला र पुरस्कार राशी हस्तान्तरण गरेका थिए । पुरस्कारको राशी नगद ६० हजार रुपैंयाँ रहेको छ ।

पुरस्कार ग्रहणपछि कार्यक्रममा बोल्दै लेखक थिङले राज्यले अस्वीकार गरेको तामाङशालिङ भूमीबाट लिम्बुवान भूमीसम्म आएर पुरस्कृत हुन पाउँदा हर्षले बिभोर बताएको बताइन् । उनले अमर नेम्बाङ लिम्बूको ‘मेरै जिन्दगी रहेछ’ सँगै ‘कालो गुराँस’ शीर्षको आफ्नो कविता सुनाइन् ।

अर्का पुरस्कृत स्रष्टा शारदा सुब्बा भने बिशेष कारणवस पुरस्कार वितरण समारोहमा उपस्थित हुन नसकेको आयोजक अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाको जेहेन्दार विद्यार्थीको रुपमा सिद्धदेवी मावि, फाल्गुनन्द–१, नवमीडाँडाका छात्रा मनिषा चेम्जोङलाई नगद दश हजार रुपैंयाँ छात्रवृत्ति प्रदान गरिएको थियो । त्यस्तै जिल्लाका बाढीपहिरो तथा आगलागि पीडितलाई पनि राहत प्रदान वितरण गरिएको अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानका अध्यक्ष मुनेन्द्र नेम्बाङले बताए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;