
रवि, १५ चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मिक्लाजुङ ५ ले वडा कार्यालय स्थापना गरेको छ । मञ्चका प्रान्तीय उपमहासचिव लावाहाङ् चेम्जोङको प्रमुख आतिथ्यतामा कार्यालय स्थापना गरेको हो ।
कार्यक्रममा प्रान्तीय उपमहासचिव तथा मिक्लाजुङका सामाजिक व्यक्तित्व प्रेमपुत्र लावती निखाको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यालय उदघाटन कार्यक्रममा मञ्चका सचिवालय सदस्य सुखबहादुर थेगीम, जिल्ला अध्यक्ष चन्द्रराज आङदेम्बे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै मञ्चले कार्यालय उद्घाटन गरेको जनाइएको छ । मिक्लाजुङ ५ मा मञ्चले स्थानीय तहको निर्वाचनमा चुनाव जित्ने रणनीतिका साथ कार्यालय स्थापना गरिएको जनाइएको छ ।

कार्यक्रमलाइ सम्बाेधन गर्दै प्रमुख अतिथि चेम्जाेङले सबै नेताहरूलाइ स्थानीय निर्वाचनमा केन्द्रित हुन निर्देशन दिदैं पार्टीकाे मतलाइ कहि कतै खेर जान नदिन अाफ्नै उम्मेद्वारी दिन समेत तयारी हुन अाग्रह गरेका छन् ।
लिम्बुवानका पान्थर जिल्ला उपाध्यक्षहरु योगेन्द्र राई, भानु फियाक, अर्थसचिव प्रकाश अधिकारी लगायत नेताहरुको समेत सहभागीता रहेको उक्त कार्यक्रम स्थानीय नेता जयनबहादुरको अध्यक्षता र तेजेन्द्र लावतीको संचालनका कार्यक्रम सम्पन्न भएको थियो ।