मिक्लाजुङ ५ मा लिम्बुवान मञ्चको कार्यालय उद्घाटन

 लिम्बुवान न्युज
                       

रवि, १५ चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मिक्लाजुङ ५ ले वडा कार्यालय स्थापना गरेको छ । मञ्चका प्रान्तीय उपमहासचिव लावाहाङ् चेम्जोङको प्रमुख आतिथ्यतामा कार्यालय स्थापना गरेको हो ।

कार्यक्रममा प्रान्तीय उपमहासचिव तथा मिक्लाजुङका सामाजिक व्यक्तित्व प्रेमपुत्र लावती निखाको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यालय उदघाटन कार्यक्रममा मञ्चका सचिवालय सदस्य सुखबहादुर थेगीम, जिल्ला अध्यक्ष चन्द्रराज आङदेम्बे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै मञ्चले कार्यालय उद्घाटन गरेको जनाइएको छ । मिक्लाजुङ ५ मा मञ्चले स्थानीय तहको निर्वाचनमा चुनाव जित्ने रणनीतिका साथ कार्यालय स्थापना गरिएको जनाइएको छ ।

कार्यक्रमलाइ सम्बाेधन गर्दै प्रमुख अतिथि चेम्जाेङले सबै नेताहरूलाइ स्थानीय निर्वाचनमा केन्द्रित हुन निर्देशन दिदैं पार्टीकाे मतलाइ कहि कतै खेर जान नदिन अाफ्नै उम्मेद्वारी दिन समेत तयारी हुन अाग्रह गरेका छन् ।

लिम्बुवानका पान्थर जिल्ला उपाध्यक्षहरु योगेन्द्र राई, भानु फियाक, अर्थसचिव प्रकाश अधिकारी लगायत नेताहरुको समेत सहभागीता रहेको उक्त कार्यक्रम स्थानीय नेता जयनबहादुरको अध्यक्षता र तेजेन्द्र लावतीको संचालनका कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...