
इटहरी, १७ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल इटहरी वडा नं. ५ को समिति गठन भएको छ । संघीय सहसचिव पदम तामाङको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो ।
विहीबार आयोजित वडा गठन कार्यक्रममा मिरा राई (गुरुङ)को अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षहरुमा दिलिप मादेन र सिंहराज लिम्बु, सचिवमा रिताकुमारी लिम्बु, सहसचिवमा मनिका राई लिम्बु र अर्थसचिवमा हर्कमाया लिम्बु (राई) चयन भएका छन् ।
यसैगरी समितिको सदस्यहरुमा राजमाया लिम्बु, लिला गुरुङ, वविता प्रधान, धनबहादुर लिम्बु, देउमाया लिम्बु, सन्जीता लिम्बु, बसन्ती लिम्बु मगर, पदमा लिम्बु गुरुङ, गोमा लिम्बु, आईतवीर लिवाङ, सुज माया याक्खा र मनमाया लिम्बु रहेका छन् ।
यसैगरी सल्लाहकार सदस्यहरुमा विदुर लिम्बु, अग्नी प्रसाद अधिकारी, गोरीमाया लिम्बु, दिलमाया लिम्बु र डम्बर पन्धाक रहेका छन् । कार्यक्रममा दलित मुक्तिमञ्चका उपध्यक्ष नैनकुमार विश्वकर्मा, जिल्ला उपाध्यक्ष मनोहर थलङ् लगायत नेताहरुको उपस्थिति रहेको थियो ।