लक्ष्य अनुसार राजश्व नउठ्ने भएपछि नगरकाे बजेट कटौती

,   लिम्बुवान न्युज
                       

दमक, २ चैत्र । दमक नगरपालिकाको १२ औं नगर सभाले आर्थिक वर्ष २०७९/८० को चालु बजेटकटौती गरेको छ ।

अनुमानित राजश्व संकलनमा कमी आउने भन्दै नगरसभाले १ अर्ब ३९ करोड ४०लाख ४० हजार पारित बजेटबाट २ करोड ३२ लाख ८९ हजार ४ सय ६४ रूपैयाँकटौती गरेको हो।

नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले प्रस्तुत गरेको पूरक अनुमानित बजेटमारकम कटौती गरिएको हो ।

नगर प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको नगरसभामा न्यायिकसमितिकी संयोजक समेत रहेकी नगर उपप्रमुख भट्टराईले न्यायिक , राजस्वपरामर्श तथा अनुगमन समितिका गरि तीन वटा प्रतिवेदन प्रस्तुत गरिन् ।

यस्तै, लेखा समितिका तर्फबाट लेखा संयोजक गोपाल प्रसाद संग्रौला, विधायनसमितिका संयोजक लोकबहादुर धिमाल, सुशासन तथा स्थानीय सेवा समितिकासंयोजक नविन बराल, वातावरण समितिका तर्फवाट संयोजक टेकबहादुरथापाले आ–आफना विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पूर्वाधार समितिका संयोजक भीम पौडेल, आर्थिक विकास समितिका संयोजकइन्द्रबहादुर गुरुङ र सामाजिक विकास समितिका संयोजक शारदा सापकोटालेआ–आफना विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सबै प्रतिवेदन नगरसभाले अनुमोदन गरेको बताइएको छ ।

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडाअध्यक्ष, नगरसभासदस्यहरु, कर्मचारीहरु, विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रमुखहरु, स्ञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;