आदिवासी जनजाति ‘पैसाले किन्न’ र ‘विक्न सक्ने वर्ग’ हुन भन्ने सोविता गौतमलाई २४घण्टामा माफी माग्न माग
मङ्गलबार, १९ फागुन, २०८२ दिउँसोको ०२:२१ बजे,
लिम्बुवान न्युज
ललितपुर, १९ फाल्गुन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद, चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा चितवन क्षेत्र न.३ की प्रत्येक्ष उम्मेदवार सोविता गौतमले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार महासंघले जारी गरेको विज्ञप्तिमा गौतमले एक चुनावी सभामा चितवनका आदिवासी जनजाति, विशेषगरी गुरुङ र थारु समुदायलाई लक्षित गर्दै ‘पैसाले किन्न सकिने’ र ‘विक्न सक्ने वर्ग’ भन्ने टिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ।
यस्तो अभिव्यक्तिले आदिवासी जनजाति समुदायको स्वाभिमान, पहिचान र राजनीतिक चेतनामाथि प्रहार गरेको महासंघको भनाइ छ।
विज्ञप्तिमा गुरुङ र थारु समुदायलाई ‘सोझो’ र ‘पैसामा बिक्ने’ भनेर वर्गीकरण गर्नु उम्मेदवारको संकीर्ण र नश्लवादी सोचको संकेत भएको उल्लेख गरिएको छ।
आदिवासी जनजाति समुदाय कसैको प्रलोभनमा पर्ने समूह नभई आफ्नै इतिहास र गौरव बोकेको सचेत नागरिक समाज भएको महासंघले स्पष्ट पारेको छ।
त्यस्तै, मतदातालाई ‘पैसा दिए लिनुस्’ भनी आर्थिक लेनदेनमा सहभागी हुन उक्साउनु निर्वाचन आचारसंहिताको उल्लंघन र लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको पनि विज्ञप्तिमा उल्लेख छ।
महासंघले गौतमसँग २४ घण्टाभित्र चितवनका सम्पूर्ण आदिवासी जनजाति समुदायसँग सार्वजनिक रूपमा माफी माग्दै लिखित स्पष्टीकरण पेस गर्न माग गरेको छ।
माग पूरा नभए चितवन क्षेत्र नम्बर ३ मा आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी सम्बन्धित उम्मेदवारविरुद्ध चुनावी बहिष्कार तथा आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी दिइएको छ।
महासंघका अध्यक्ष सागर कुमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो स्वाभिमान हाम्रो पहिचान हो, यसमा खेलबाड गर्ने छुट कसैलाई छैन ।’
दमक, १९ फागुन । नेपाल सरकारले विक्रम सम्वत २०८३ सालको विदा सार्वजनिक गरेको छ । यहि फागुन १३ गते बसको मन्त्रीपरिषदले सार्वजनिक विदा निर्धारण गरेको थियो । सोही निर्णय अनुसार मंगलबार सरकारले विदा सुची राजपत्रमा...
ललितपुर, १७ फाल्गुन । प्रदेश नं. १ मा रहेको पहिचान पक्षधरहरुले मुक्कुम्लुङ संरक्षण, कोशी नाम खारेजी तथा मुक्कुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजनाको विरोध गर्दै दल तथा उम्मेदवारलाई मत नदिन मतदातासँग अपिल गरेका छन् । शनिबार...
ललितपुर, १६ फाल्गुन । संयुक्त पहिचानवादी मोर्चा पुनःस्थापित भएको छ । मोर्चाले शनिबार पुनःगठन भएको घोषणा गर्दै आठबुँदे कार्यक्रम सार्वजनिक गरेको हो । मोर्चाले विज्ञप्ति जारी गर्दै २९ सदस्यीय नयाँ कार्यक्रम समिति गठन गरेको जनाएको...
ललितपुर, ६ फाल्गुन । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको...