फाकफोकथुम अध्यक्ष कपमा आयोजकसँगै एनएसटी र ब्लक स्टार दोस्रो चरणमा

,   लिम्बुवान न्युज
                       

इलाम। इलामको फाकफोकथुममा आयोजित अध्यक्ष कप फूटबल प्रतियोगिता आयोजक टिम दोस्रो चरणमा प्रवेश गरेका छन् । गत शुक्रबारदेखि संचालन भएको खेलमा पहिलो खेल आयोजक फूङ्वा युवा क्लवले जितेको थियो । चाैवन्दी युवा क्लव एकतप्पालाइ ३ का विरूद ० गाेल अन्तरले  पराजित गरेकाे हाे ।

शनिबार सम्पन्न दुईवटा खेलहरुमा एन एस टी तालखर्कले रानीबारी युवा क्लब आमचोकलाई २ का विरुद्ध ६ गोलले विजयी भएको छ । त्यसरी नै ब्राइट स्टार फाक्तेपलाई हराउँदै ब्लक स्टार कोलबोटे पनि दोस्रो चरणमा प्रवेश गरेको छ । कोलबोटेले २ गोल गरेको थियो भने फाक्तेपले गोल लगाउन सकेन ।

आज लुम्दे एफ सी को विरुद्ध राइजिङ स्पोर्टिङ क्लब र बरभञ्ज्याङ फूटबल क्लवको विरुद्ध महाभारा एफसी कुरुम्बा बिच खेल हुने आयोजक दिपक योङहाङले बताए ।

नयाँ बर्षको अवसरमा आयोजित अध्यक्ष कप फूटबल खेल वैशाख १ गतेका दिन फाइनल खेलसँगै समापन हुने छ । उक्त खेलमा प्रथम हुनेले नगद १ लाख हात पार्ने छ भने दोस्रो हुनेले ५० हजारमा चित्त बुझाउनु पर्ने खेल संयोजक फुर्सद लिम्बुले बताए ।
यस अध्यक्ष कप फूटबल प्रतियोगितामा १६ टिम सहभागी भएका छन् ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;