गजरमुखीको जीतसँगै फाकफोकथुम अध्यक्ष कपको पहिलो चरण सकियो

,   लिम्बुवान न्युज
                       

इलाम। फाकफोकथुममा जारी अध्यक्ष कपको पहिलो चरणका सबै खेल सकिएको छ । मंगलबार गजरमुखी पर्यटन विकास बोर्डले माङसेबुङ १ लाई २–० गोल अन्तरले पराजित गर्दै अध्यक्ष कप फूटलब खेलको पहिलो चरण सकिएको आयोजकले जनाएको छ ।

गत चैत्र २० गते देखि संचालित फूटबल खेलमा जम्मा १६ टिम सहभागी छन् । सोमबार भएका दुई खेलमा नै भएको पहिलो खेलमा योङ वाइज एफसी साखेजुङ नेपालटारले केएफसी लुङसुङदाङलाई ४–० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । त्यसैगरी दोस्रो खेलमा मिरमिरे फूलबल क्लबले श्रीजंगा फूटबल क्लब आमचोक रातमाटेलाई ३–० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको खेल आयोजक दिपक योङहाङ्ले बताए । यो सँगै ८ टिम घर फर्किएका छन् ।

बुधबारबाट दोस्रो चरणका खेलहरु शुरु हुने संयोजक फुर्सद लिम्बुले बताए । फाइनल खेल आगामी बैशाख १ गते नयाँ बर्षको दिन सम्पन्न हुने आयोजकले जनाएको छ । अध्यक्ष कप विजेताले नगद १ लाख पुरस्कार पाउनेछन् भने उपविजेताले ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;