फाकफोकथुम अध्यक्ष कपको ३ क्वाटरफाइनल खेल सम्पन्न, आज अन्तिम क्वाटरफाइनल खेल हुँदै

 लिम्बुवान न्युज
                       

इलाम। इलामको फाकफोकथुममा जारी अध्यक्ष कप फूटबल प्रतियोगिताका तीन वटा क्वाटर फाइनल खेल सकिएको छ । शुक्रबार मिरमिरे स्पोर्टिङ क्लब जीतपुर र माहाभारा एफसी कुरुम्बा बिच भएको खेलसँगै तीन खेल सकिएको हो ।

मिरमिरे र माहाभारा बिचको निक्कै नै प्रतिस्पर्धात्मक खेलमा माहाभारा एफसीले बाजी मारेको छ । खेलको निर्धारित समयमा माहाभाराले ५ को विरुद्ध २ गोल अन्तरले खेल जितेको छ । जितसँगै माहाभारा एफसी कुरुम्बा सेमिफाइनलमा प्रवेश गरेको छ ।

लुम्दे एफसी विरूद्ध एनएसटी तालखर्क

यसरी नै विहिबार भएको खेलमा लुम्दे एफसी र एनएकटी तालखर्क फुएतप्पा बिचको निक्कै नै रोमान्चक र प्रतिस्पर्धात्मक खेलमा निर्धारित समय गोल रहित बराबरमा टुङ्गिएपछि ट्राइबेकरमा लुम्दे एफसी विजयी भएको छ । लुम्दे एफसीले ४–३ गोल अन्तरले एनएसटी तालखर्कलाई सेमिफाइनल पुग्न रोकेको छ ।

फुङवा यूवा क्लब विरूद्ध ब्लाक स्टार काेल्बाेटे

यस्तै पहिलो क्वाटर फाइनल खेलमा आयोजक फुङ्वा युवा क्लव सेमिफाइनलमा पुगेको छ । आयोजक फुङ्वाले ब्लाक स्टार कोल्बोटेलाई ४–३ को गोल अन्तरले रोकेको हो ।

आज हुने अन्तिम क्वाटरफाईनल खेलसँगै भोलि देखि सेमी फाइनल खेल संचालन हुने आयोजक दिपक योङ्हाङ्ले जानकारी दिएका छन् । आजको अन्तिम खेल योङ बोइज स्पोर्टिङ क्लब साखेजुङ र गजरमुखी पर्यटन विकास वोर्ड माङ्सेबुङ बिच हुनेछ । आजको अन्तिम खेलसँगै सेमीफाइनल खेल आइतबारबाट शुरु हुने भएको छ । आइतबार आयोजक फूङ्वा र माहाभारा एफसी बिच खेल हुने छ भने त्यसैगरी सोमबार लुम्दे एफसी र आजको विजेता टिम विच अन्तिम सेमीफाइनल खेल हुने खेल संयोजक फुर्सद लिम्बुले बताए ।

फाइनल खेल निर्धारित वैशाख १ गते नयाँ बर्षको दिन विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रमका साथ भव्य रुपले सम्पन्न गरिने आयोजक फुङ्वा युवा क्लबले जनाएको छ । करिब १० लाख रुपैयाँ खर्च हुने उक्त प्रतियोगितामा प्रथम हुनेले १ लाख हात पार्नेछ भने दोस्रो हुनेले ५० हजारमा चित्त बुझाउनु पर्ने छ ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...