योङ बोइज एफसी सेमिफाइनलमा प्रवेश, वैशाख १ गते साँझ बृहत सांगीतिक कार्यक्रम हुने

 लिम्बुवान न्युज
                       

फाकफोकथुम। इलामको फाकफोकथुमको लिम्बुगाउँ फुएतप्पामा जारी अध्यक्ष कप फूटबलको अन्तिम क्वाटरफाइनल खेल आज सम्पन्न भएको छ ।

योङ बोइज एफसी नेपालटार र गजरमुखी पर्यटन विकास बोर्ड माङ्सेबुङ बिचको खेलसँगै क्वाटरफाइनल खेलहरु सकिएको हो ।

आज सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा योङ बोइज एफसीले ३ का विरुद्ध ० गोल अन्तरले गजरमुखीलाई हराएको हो । भोली आइतबारबाट सेमी फाइनल खेल शुरु हुने खेल आयोजक दिपक लिम्बुले बताए । उनका अनुसार भोलिको पहिलो सेमिफाइनल खेल आयोजक फुङ्वा यूवा क्लबका विरुद्ध माहाभारा एफसी कुरुम्बा बिच हुनेछ ।

गाउँपालिकाको आर्थिक सवलिकरणमा भईरहेको उक्त खेलको फाइनल खेल आगामी बैशाख १ गते सम्पन्न हुने अध्यक्ष फुर्सद लिम्बुले बताए । नयाँ बर्षको दिन वैशाख १ गते साँझमा बृहत सांस्कृतिक कार्यक्रम समेत गरिने लिम्बुले बताएका छन् ।

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...