योङ बोइज एफसी सेमिफाइनलमा प्रवेश, वैशाख १ गते साँझ बृहत सांगीतिक कार्यक्रम हुने

 लिम्बुवान न्युज
                       

फाकफोकथुम। इलामको फाकफोकथुमको लिम्बुगाउँ फुएतप्पामा जारी अध्यक्ष कप फूटबलको अन्तिम क्वाटरफाइनल खेल आज सम्पन्न भएको छ ।

योङ बोइज एफसी नेपालटार र गजरमुखी पर्यटन विकास बोर्ड माङ्सेबुङ बिचको खेलसँगै क्वाटरफाइनल खेलहरु सकिएको हो ।

आज सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा योङ बोइज एफसीले ३ का विरुद्ध ० गोल अन्तरले गजरमुखीलाई हराएको हो । भोली आइतबारबाट सेमी फाइनल खेल शुरु हुने खेल आयोजक दिपक लिम्बुले बताए । उनका अनुसार भोलिको पहिलो सेमिफाइनल खेल आयोजक फुङ्वा यूवा क्लबका विरुद्ध माहाभारा एफसी कुरुम्बा बिच हुनेछ ।

गाउँपालिकाको आर्थिक सवलिकरणमा भईरहेको उक्त खेलको फाइनल खेल आगामी बैशाख १ गते सम्पन्न हुने अध्यक्ष फुर्सद लिम्बुले बताए । नयाँ बर्षको दिन वैशाख १ गते साँझमा बृहत सांस्कृतिक कार्यक्रम समेत गरिने लिम्बुले बताएका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...