विभागीय एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश

,   लिम्बुवान न्युज
                       

विराटनगर । विराटनगरमा जारी छैठौं विराट गोल्ड कपमा विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविकको विजेता नेपाल प्रहरीलाई २ को विरुद्ध ० गोल अन्तरले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै एपीएफले वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर–११ सँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल पुलिस क्लबले क्वाटरफाइनल खेलमा हार व्यहोरेपछि छैठौं संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ । अघिल्लो सिजनमा भने खेल कोभिडको कारण रोकिएको थियो । पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात चुमेको थियो ।

आक्रम रुपमा प्रस्तुत भएको प्रहरीलाई रोक्दै एपीएफलाई खेलको ४६ औं मिनेटमा मणि लामा र ९० औं मिनेटमा सुमन लामाले गोल गरि टिमको जित सुनिश्चित गरेका थिए । खेलको ४६ औं मिनेटमा एपीएफका मणिले पुलिसका खेलाडीले क्लियर गरेको बलललाई गोलमा परिणत गरि अग्रता दिलाएका थिए ।

खेलको म्यान अफ द म्याच एपीएफका मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

जितपछि प्रतिक्रिया दिँदै सशस्त्र प्रहरीका प्रशिक्षक सुदिप श्रेष्ठले खेलाडीहरुको मेहनतले विभागीय टिमलाई हराउन सफल भएको बताए । यसै गरी प्रहरीका प्रशिक्षक अन्नतराज थापाले भने डिफेन्डरको कम्जोर खेलका कारणले प्रस्पिर्धाबाट बाहिर बाध्य भएको बताए ।

मंगलबार अन्तिम क्वाटरफाइन खेल पोखरामा सम्पन्न १९ औं संस्करणको आहा रारा गोल्डकपको बिजेता टिम संकटा र अफ्रिकन रुट्सबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;