फाकफोकथुम अध्यक्ष कप आयोजकको पोल्टामा

 लिम्बुवान न्युज
                       

फाकफोकथुम। इलामको फाकफोकथुममा जारी अध्यक्ष कप फूटबल प्रतियोगिता आयोजक फूङवा यूवा क्लबको पोल्टामा गएको छ । नयाँ बर्षको अवसरमा फाकफोकथुम ४ लिम्बु गाउँमा संचालन भएको खेल गत चैत्र २० गतेबाट संचालन भएको हो ।

विभिन्न गाउँपालिकाका १६ वटा क्लबहरु सहभागी भएको उक्त खेल फाकफोकथुम गाउँपालिकाको आर्थिक सहयोगमा संचालन भएको हो । फाइनल खेल फूङवा यूवा क्लब र योङ बइज एफसी नेपालटार बिच निक्कै नै प्रतिस्पर्धात्मक रुपमा भएको थियो ।

आयोजक टिमका रुपेन लिम्बुको एक मात्र गोल निर्णयक बन्दै आयोजकले बाजी मारेको हो । खेलको पहिलो हाफको ३२औं मिनेटमा डिबक्सको बाहिरबाट प्रहार गरेको बलले जाली चुम्दै गोलमा परिणत भएको थियो । खेलको दोस्रो हाफ निक्कै नै प्रतिस्पध पुरै योङ वइजले नियन्त्रणमा राखेता पनि पटकपटक आक्रमक गोल पोष्टमा प्रहार गरेतापनि आयोजक टिमका गोलकिपरले गोल लाग्नबाट बचाएका थिए । इन्जुरी समयमा पनि आक्रमण रुपमा प्रस्तुत भएको योङ बइजले अन्तत दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका थिए । अन्ततः आयोजक टिमले खेल १–० अन्तरले आफ्नो हातमा पारेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष राम कुमार श्रेष्ठले फोकफोकथुमलाई खेलमय बनाउन आफु तत्पर रहेको र प्रतिबद्ध रहेको भन्दै प्रक्रिया पुराएर गाउँपालिकामा प्रपोजल पेश गरे सबै वार्डहरुमा फूटबल, भलिबल, ब्याटमेन्टन लगायतका खेलहरुलाई स्तरीकरण गर्न बताए ।

प्रमुख अतिथिबाट विजेता टिमलाई नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र त्यसैगरी उपविजेता टिमलाई नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र खेलाडीहरुलाई प्रदान गरिएको थियो ।

बुधबार साँझ नयाँ बर्ष सांगीतिक कार्यक्रम समेत आयोजक फूङवा युवा क्लबले आयोजना गरेको छ । काठमाडौंको युवा एण्ड द बेण्डले फाकफोकथुममा पहिलो पल्ट लाइभ कन्सर्ट गरेको आयोजक प्रमुख दिपक लिम्बुले बताए । साँझको सांगीतिक कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुत रहेको थियो ।

 

 

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...