शनिबार पन्जाब पुलिस र एपीएफ विराट गोल्डकपको फाइनलमा भिड्दै

,   लिम्बुवान न्युज
                       

विराटनगर। एक साताभित्रै दोस्रो उपाधि जित्ने दाउमा रहेको काठमाडौंको संकटा क्लबलाई भारतको पन्जाब पुलिसले बिहीबार विराटनगरमा स्तब्ध पारेसँगै पन्जाब पुलिस र एपीएफ विराट गोल्डकपाको फाइनलमा भिड्ने पक्का भएको छ ।

पोखरामा हालै सम्पन्न आहा–रारा गोल्डकपको सफलता दोहो¥याउन विराटनगर आएको संकटाका लागि पन्जाब पुलिसका परमजित सिंहको एक मात्र गोल नै उसको बाधक बन्यो ।

संकटाले अघिल्लो शनिबार मात्रै पोखरामा अफ्रिकन रूट्सलाई हराउँदै आहारारा गोल्डकपको उपाधि जितेको थियो ।

विराटनगरमा पाहुना टोलीलाई नतिजा १–० ले सुम्पँदै संकटा सेमिफाइनलबाटै बाहिरिएको छ । संकटालाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको पन्जाबले शनिबार सशस्त्र प्रहरीको एपीएफ क्लबसँग फाइनल खेलमा प्रतिष्पर्धा गर्नेछ ।

विराटनगरस्थित शहिद रंगशालाको मैदानमा अत्यन्तै प्रतिष्पर्धात्मक खेल पस्केको संकटाले खेल अवधिभर बारम्बार दुई वटा गल्ती दोहो¥याउँदा नतिजा पन्जाबको पक्षमा गएको थियो।

संकटाका खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्नै सकेनन् । ‘हामीले फिनिसिङ गर्नै सकेनौं,’ प्रशिक्षक सल्यान खड्गीले पनि स्वीकारे । २०७० को विराट गोल्कडपको विजेता संकटा यसपटक पनि उपाधि दाबेदारको रूपमा हेरिएको थियो ।

यसबाहेक संकटाले गरेको अर्को गल्ती एयर बलमा बढी रमाउन खोज्नु हो। आफूभन्दा धेरै उचाइ भएका पन्जाबका अग्ला खेलाडीसामू संकटाका खेलाडीले सुरुदेखि नै एयर बल खेल्न खोजे। जसका कारण अधिकांश समय बल पन्जाबले नियन्त्रणमा लियो। उनीहरुको बाधा छिचोल्नै सकेनन्। मैदानमा हार्नलाई एउटा गल्ती नै पर्याप्त हुने अवस्थामा संकटाले धेरैपटक गल्ती गर्दा पन्जाबले फाइनल यात्रा सुरक्षित गरेको थियो ।

पन्जाबले शनिबार उपाधि भिडन्तमा ओर्लँदा नियमित कप्तान जगदिप सिंहलाई गुमाउनेछ । खेल सकिने बित्तिकै संकटाका साहिद स्मार्टसँग हात हालाहालमा ओर्लेपछि रेफ्री श्याम दनुवारले उनीहरू दुवैलाई रातो कार्ड देखाएका थिए।

पन्जाबका प्रशिक्षक हार्नेक सिंहले रेफ्रीको निर्णयप्रति असहमति जनाएका छन्। कप्तान साथमा नरहे पनि फाइनलमा जितका लागि मैदान ओर्लने उनले प्रतिक्रिया दिए।

पहिलोपटक विराट गोल्डकपमा भाग लिएको पाहुना टोली पञ्जावले खेलको ७५ औं मिनेटमा परमजीत सिंहले निर्णायक गोल गर्दै टिमलाई फाइनलमा पु¥याएका थिए । हरजीन्द्र सिंहले निकालिदिएको क्रस पासलाई उनले पोष्टको दिशा दिएका थिए ।

खेलको ७ औं मिनेटमा संकटाका तिर्थ बस्नेतलले बललाई एक्लै अगाडि बढाएर गरेको प्रहार बाहिरिँदा गोल गर्ने अवसर खेर गयो। उनका अलावा ग्लोरी, फोपोना लगायतका संकटाका खेलाडीले गोलका धेरै अवसर खेर फ्याँकेका थिए ।

खेलको १५ औं मिनेटमा गणेश हमालले निकालिएको पासलाई विदेशी खेलाडी ओडेजले डिबक्स भित्रदेखि गरेको हेड पञ्जावका गोलरक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए। १७ औं मिनेटमा फेरि संकटाका तिर्थ बस्नेतले ३० यार्डदेखि गरेको प्रहार बाहिरियो।

खेलको ३० औं मिनेटमा पंजावका राजविर सिंहको वान भर्सेस वानको प्रहार संकटाको गोल रक्षक राजाबाबु थापाले उत्कृष्ट रुपवमा बचाउँदा पहिलो हाफमा गोल गर्ने अवसर पन्जाबले पनि खेर फालेको थियो।

दोस्रो हाफपछि आक्रमक भएको संकटाले खेल बराबरीमा ल्याउन सकेन। खेलको ६६, ७३ र ८९ औं मिनेटमा पनि संकटाले गोल गर्ने अवसर पाएको थियो।

मोफसलमा खप्तड गोल्डकप पछि सर्वाधिक पुरस्कार राशीको विराट गोल्डकप विजेताले नगद १५ लाख १५ हजार रुपैयाँ र उपविजेताले नगद ७ लाख ५१ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा विभिन्न ७ वटा विधाका उत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ पनि प्राप्त गर्ने छन् ।

प्रतियोगितामा १० क्लबको सहभागिता थियो । जसमा नेपालबाट विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ), विराटनगर महानगरपालिका ११, मछिन्द्र क्लब, गोर्खा ब्वाइज रुपन्देही, संकटा क्लब रहेका छन् भने भारतको युनाइटेट सिक्किम, पंजाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनका टोलीले प्रतिश्पर्धा गरेका छन् । पाहुना टोली युनाइटेट सिक्किम र अफ्रिकन रुट्स खेलबाट बाहिरिएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;