शनिबार पन्जाब पुलिस र एपीएफ विराट गोल्डकपको फाइनलमा भिड्दै

 लिम्बुवान न्युज
                       

विराटनगर। एक साताभित्रै दोस्रो उपाधि जित्ने दाउमा रहेको काठमाडौंको संकटा क्लबलाई भारतको पन्जाब पुलिसले बिहीबार विराटनगरमा स्तब्ध पारेसँगै पन्जाब पुलिस र एपीएफ विराट गोल्डकपाको फाइनलमा भिड्ने पक्का भएको छ ।

पोखरामा हालै सम्पन्न आहा–रारा गोल्डकपको सफलता दोहो¥याउन विराटनगर आएको संकटाका लागि पन्जाब पुलिसका परमजित सिंहको एक मात्र गोल नै उसको बाधक बन्यो ।

संकटाले अघिल्लो शनिबार मात्रै पोखरामा अफ्रिकन रूट्सलाई हराउँदै आहारारा गोल्डकपको उपाधि जितेको थियो ।

विराटनगरमा पाहुना टोलीलाई नतिजा १–० ले सुम्पँदै संकटा सेमिफाइनलबाटै बाहिरिएको छ । संकटालाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको पन्जाबले शनिबार सशस्त्र प्रहरीको एपीएफ क्लबसँग फाइनल खेलमा प्रतिष्पर्धा गर्नेछ ।

विराटनगरस्थित शहिद रंगशालाको मैदानमा अत्यन्तै प्रतिष्पर्धात्मक खेल पस्केको संकटाले खेल अवधिभर बारम्बार दुई वटा गल्ती दोहो¥याउँदा नतिजा पन्जाबको पक्षमा गएको थियो।

संकटाका खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्नै सकेनन् । ‘हामीले फिनिसिङ गर्नै सकेनौं,’ प्रशिक्षक सल्यान खड्गीले पनि स्वीकारे । २०७० को विराट गोल्कडपको विजेता संकटा यसपटक पनि उपाधि दाबेदारको रूपमा हेरिएको थियो ।

यसबाहेक संकटाले गरेको अर्को गल्ती एयर बलमा बढी रमाउन खोज्नु हो। आफूभन्दा धेरै उचाइ भएका पन्जाबका अग्ला खेलाडीसामू संकटाका खेलाडीले सुरुदेखि नै एयर बल खेल्न खोजे। जसका कारण अधिकांश समय बल पन्जाबले नियन्त्रणमा लियो। उनीहरुको बाधा छिचोल्नै सकेनन्। मैदानमा हार्नलाई एउटा गल्ती नै पर्याप्त हुने अवस्थामा संकटाले धेरैपटक गल्ती गर्दा पन्जाबले फाइनल यात्रा सुरक्षित गरेको थियो ।

पन्जाबले शनिबार उपाधि भिडन्तमा ओर्लँदा नियमित कप्तान जगदिप सिंहलाई गुमाउनेछ । खेल सकिने बित्तिकै संकटाका साहिद स्मार्टसँग हात हालाहालमा ओर्लेपछि रेफ्री श्याम दनुवारले उनीहरू दुवैलाई रातो कार्ड देखाएका थिए।

पन्जाबका प्रशिक्षक हार्नेक सिंहले रेफ्रीको निर्णयप्रति असहमति जनाएका छन्। कप्तान साथमा नरहे पनि फाइनलमा जितका लागि मैदान ओर्लने उनले प्रतिक्रिया दिए।

पहिलोपटक विराट गोल्डकपमा भाग लिएको पाहुना टोली पञ्जावले खेलको ७५ औं मिनेटमा परमजीत सिंहले निर्णायक गोल गर्दै टिमलाई फाइनलमा पु¥याएका थिए । हरजीन्द्र सिंहले निकालिदिएको क्रस पासलाई उनले पोष्टको दिशा दिएका थिए ।

खेलको ७ औं मिनेटमा संकटाका तिर्थ बस्नेतलले बललाई एक्लै अगाडि बढाएर गरेको प्रहार बाहिरिँदा गोल गर्ने अवसर खेर गयो। उनका अलावा ग्लोरी, फोपोना लगायतका संकटाका खेलाडीले गोलका धेरै अवसर खेर फ्याँकेका थिए ।

खेलको १५ औं मिनेटमा गणेश हमालले निकालिएको पासलाई विदेशी खेलाडी ओडेजले डिबक्स भित्रदेखि गरेको हेड पञ्जावका गोलरक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए। १७ औं मिनेटमा फेरि संकटाका तिर्थ बस्नेतले ३० यार्डदेखि गरेको प्रहार बाहिरियो।

खेलको ३० औं मिनेटमा पंजावका राजविर सिंहको वान भर्सेस वानको प्रहार संकटाको गोल रक्षक राजाबाबु थापाले उत्कृष्ट रुपवमा बचाउँदा पहिलो हाफमा गोल गर्ने अवसर पन्जाबले पनि खेर फालेको थियो।

दोस्रो हाफपछि आक्रमक भएको संकटाले खेल बराबरीमा ल्याउन सकेन। खेलको ६६, ७३ र ८९ औं मिनेटमा पनि संकटाले गोल गर्ने अवसर पाएको थियो।

मोफसलमा खप्तड गोल्डकप पछि सर्वाधिक पुरस्कार राशीको विराट गोल्डकप विजेताले नगद १५ लाख १५ हजार रुपैयाँ र उपविजेताले नगद ७ लाख ५१ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा विभिन्न ७ वटा विधाका उत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ पनि प्राप्त गर्ने छन् ।

प्रतियोगितामा १० क्लबको सहभागिता थियो । जसमा नेपालबाट विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ), विराटनगर महानगरपालिका ११, मछिन्द्र क्लब, गोर्खा ब्वाइज रुपन्देही, संकटा क्लब रहेका छन् भने भारतको युनाइटेट सिक्किम, पंजाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनका टोलीले प्रतिश्पर्धा गरेका छन् । पाहुना टोली युनाइटेट सिक्किम र अफ्रिकन रुट्स खेलबाट बाहिरिएका छन् ।

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...