माङसेबुङ् २ र ३ को विजयी यात्रासँगै वडास्तरीय फूटबल प्रतियोगिता शुरु

 लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको माङसेबुङमा जारी अन्तर वडास्तरीय पुरूष फुटबल प्रतियोगितामा वडा नं. ३ ले विजयी सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा वडा नं. ३ ले वडा नं. २ लाई सुन्यका विरुद्ध १ गोल गर्दै विजयी यात्रा सुरु गरेको हो ।

पहिलो हाफमा गोल रहित बराबरी खेलेको वडा नं. ३ ले दोस्रो हाफको अन्त्य तिर विपक्षीको डेरिया नजिक पाएको फ्रिकिकलाई जर्सी नं. ९ का मनु नेम्बाङले गोल गर्दै टिमलाई जित दिलाएका थिए । खेलको म्यानअफ दि म्याच वडा नं. ३ का मनु नेम्बाङ घोषित भएका थिए ।

त्यस्तै शनिबार भएको महिला तर्फको पहिलो खेलमा वडा नं. ३ लाई पराजित गर्दै वडा नं. २ विजयी भएको छ । खेल समयमा १–१ गोल गरि नतिजा बराबरी बनेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा समेत गोल बराबरी बने पछि सडेनडेथमा वडा नं. २ ले जित हात पारेको हो ।

माङसेबुङ खेलकुद विकास समितिका सचिव धडकन सम्बाहाम्फेका अनुसार प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । खेल पुरुष र महिला दुवै विधाको एकै साथ संचालन गरिएको सचिव सम्बाहाम्फेले बताए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले भने ग्रामिण भेगमा पनि स्थानिय युवाहरूलाई जिल्ला तथा राष्ट्रिय स्तरसम्मको खेलाडि उत्पादन गर्ने योजनाका साथ खेलकुद क्षेत्रमा लगानी गरिरहेको बताए ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा वडास्तरीय पुरूष तथा महिला फुटबल प्रतियोगिता प्रत्येक वर्ष सञ्चालन गर्दै आएको माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए ।

बैशाख ८ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन कार्यक्रम माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुमको अध्यक्षतामा तथा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...