लिम्बुवानद्वारा सरकारलाई औपनिवेशिक नीति रोक्न चेतावनी

 लिम्बुवान न्युज
                       

दमक। सरकारले आदिवासी जनजाति माथिको औपनिवेशिक नीति रोक्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले चेतावनी दिएको छ । आदिम सृष्टिकालदेखिनै ताप्लेजुङ् जिल्लामा अवस्थित मुक्कुमलुङ हिमालको नाम परिवर्तन गरी पर्वते भाषाकरण गरेकोमा त्यसको विरोध गरेको हो ।

मुक्कुमलुङको अस्तित्व र पहिचान नामेट पार्ने षडयन्त्र सरकारबाटै भएको मञ्चले आरोप लगाएको छ । आज मञ्चका महासचिव शान्ता योङहाङद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै त्यस क्षेत्रका आदिवासीहरुको अग्राधिकारलाई सम्मान गर्न र मुक्कुमलुङ संरक्षणको लागि आन्दोलनरत संघर्ष समितिको मागलाई सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

यसैगरी विज्ञप्तिमा अरुण, तमोर र दुःध कोशीको संगम स्थलमा अवस्थित मुन्धुमी लुङ् खुवालुङलाई सरकारले जबर्जस्ती तोडफोड गरी मोटरबोट चलाउने प्रधानमन्त्रीको अभिव्यक्ति प्रति मञ्चले खेद व्यक्त गरेको छ । मञ्चले सरकारको यस्तो कार्यक्रमको घोर बिरोध र भत्र्सना गर्दै खुवालुङको संरक्षण गरेर मात्र विकासको काम अघि बढाउन सरकारसँग माग गरेको छ ।

सरकारले विकासको नाममा आदिवासी जनजातिको पहिचान र अस्तित्वमाथि औपनिवेशिक चिन्तन लिएर अघि बढे मञ्च प्रतिकारमा समेत उत्रने विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...