लिम्बुवानद्वारा सरकारलाई औपनिवेशिक नीति रोक्न चेतावनी

 लिम्बुवान न्युज
                       

दमक। सरकारले आदिवासी जनजाति माथिको औपनिवेशिक नीति रोक्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले चेतावनी दिएको छ । आदिम सृष्टिकालदेखिनै ताप्लेजुङ् जिल्लामा अवस्थित मुक्कुमलुङ हिमालको नाम परिवर्तन गरी पर्वते भाषाकरण गरेकोमा त्यसको विरोध गरेको हो ।

मुक्कुमलुङको अस्तित्व र पहिचान नामेट पार्ने षडयन्त्र सरकारबाटै भएको मञ्चले आरोप लगाएको छ । आज मञ्चका महासचिव शान्ता योङहाङद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै त्यस क्षेत्रका आदिवासीहरुको अग्राधिकारलाई सम्मान गर्न र मुक्कुमलुङ संरक्षणको लागि आन्दोलनरत संघर्ष समितिको मागलाई सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

यसैगरी विज्ञप्तिमा अरुण, तमोर र दुःध कोशीको संगम स्थलमा अवस्थित मुन्धुमी लुङ् खुवालुङलाई सरकारले जबर्जस्ती तोडफोड गरी मोटरबोट चलाउने प्रधानमन्त्रीको अभिव्यक्ति प्रति मञ्चले खेद व्यक्त गरेको छ । मञ्चले सरकारको यस्तो कार्यक्रमको घोर बिरोध र भत्र्सना गर्दै खुवालुङको संरक्षण गरेर मात्र विकासको काम अघि बढाउन सरकारसँग माग गरेको छ ।

सरकारले विकासको नाममा आदिवासी जनजातिको पहिचान र अस्तित्वमाथि औपनिवेशिक चिन्तन लिएर अघि बढे मञ्च प्रतिकारमा समेत उत्रने विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...