नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

,   लिम्बुवान न्युज
                       

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको हो ।

जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङ्को प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमबाट उपाध्यक्षमा महेन्द्र मगर (केराबारी), सचिव महेनश्वोर राई (लेटाङ्), सहसचिव सागर राई (मिक्लाजोङ) र कोषाध्यक्षमा सुजता राई (मिक्लाजोङ) रहेका छन् । यसैगरी सदस्यहरुमा गणेशकुमार मिभक, भिम बहादुर चेम्जोङ, हर्क बहादुर लिम्बु र गोपाल नेपाली निर्वाचित भएका छन् ।

कार्यक्रममा प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघका अध्यक्ष भुपेन्द्र चाम्लीङ राईको उपस्थिति रहेको थियो । उनले यस खेल बारे र मोरङ् जिल्लाका विभिन्न सम्भाव्य स्थानहरुको बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तामाङले यो प्याराग्लाडिङ्ग खेल शहासिक खेल भएको साथै मोरङ जिल्लाका केराबारी, लेटाङ र मिक्लाजोङको पहाडि क्षेत्रमा पर्यटन प्रवद्र्धनका साथै शहासिक खेलका लागि आन्तरिक तथा बाह्य पर्यटकका साथै अन्तराष्ट्रिय स्तरमा यस क्षेत्रलाई चिनाउन यो खेलको माध्यमबाट सम्भावना प्रचुर रहेको हुँदा प्याराग्लाडिङ्ग एउटा यस क्षेत्रको लागि नौलो खेल बन्न सक्ने बताए ।

यस्तै कार्यक्रममा सामाजिक तथा राजनैतिक व्यक्तित्वहरु अशोक चेम्जोङ, प्रेम मिभक तथा मोरङ जिल्ला कराते प्रशिक्षक कुन्ती गुरुङ लगायतले कार्यक्रमबाट निर्वाचित समितिलाई बधाई तथा शुभकामना मन्तव्य राख्दै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप मद्दत पुग्ने भएको हुँदा चाडैं सम्भाव्यता अध्ययन गरेर शुरु गर्न समेत अनुरोध गरेका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;