मञ्चद्वारा दोभानका अग्निपिढीतहरुलाई राहत वितरण

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समितिहरुद्वारा संकलित रकम ताप्लेजुङ् दोभानका अग्निपिढीत ५८ घर परिवारलाई राहत वितरण गरेको छ । संघीय लिम्बुवान सामाजिक मन्च, प्रवास कार्य समिति युकेको विशेष पहलमा अन्य प्रवा समितिहरु इजरायल, कतार, मलेसिया, कोरिया, बहराइनद्वारा संकलित रकम ९ लाल ७८ हजार ३१० रुपैयाँ ताप्लेजुङ दोभानको आगलागी पिडितहरुलाई हस्तान्तरण गरिएको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको उपस्थितिमा सो रकम वितरण गरिएको छ । ५६ घर परिवारलाई १७ हजारका दरले र थप दुई परिवारलाई १२ हजार ७ सय २० का दरले रकम प्रदान गरिएको छ ।

संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास यूकेको उपाध्यक्ष शर्मिला यक्सोको विशेष सक्रियतामा यूकेबाट ५ लाख ३६ हजार ७ सय, इजरायलबाट १ लाख ८० हजार ७ सय ४५, कतारबाट १ लाख ३७ हजार ८ सय ६५, बहराइनबाट ५३ हजार, कोरियाबाट ३० हजार, मलेसियाबाट ४० हजार रकम संकलन भएको थियो ।

राहत वितरण कार्यक्रममा मञ्चका उपाध्यक्ष विष्णु तुम्बाहाम्फे, राहत संकलन संयोजक प्रवास युकेका उपाध्यक्ष शर्मिला यक्सो, लिम्बुवान मञ्चका ताप्लेजुङका केन्द्रीय नेताहरु त्यसैगरी जिल्ला अध्यक्ष लगायत नेताहरुको उपस्थिति रहेको थियो भने मेरिङ्देन गाउँपालिकाका कर्मचारी रोशन शाह, राहत वितरण समितिका सदस्य हरिप्रसाद काफ्लेको उपस्थितिमा पिढीतहरुलाई रकम हस्तान्तरण गरिएको छ ।

राहत वितरण कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सहयोग गर्नुहुने प्रवास समितिहरुलाई धन्यवाद दिएका छन् भने पिढीत परिवारहरुलाई राज्यले तुरुन्त घर पुनःनिर्माणमा पहलकदमी चाल्न अनुरोध गरेका छन् । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

संविधान २०७२ विभेदकारी संविधान हो – प्रा.डा. महेन्द्र लावती 

ललितपुर, २ असोज । संयुक्त पहिचानवादी मोर्चाका संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावतीले २०७२ को संविधान विभेदकारी भएको बताएका छन् । संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेखिएपनि कागजी अक्षरमा मात्र सिमित रहेको स्पष्ट रहेको छ ।...

जेनजी नेपालकाे एक समूहले सात माग राख्दै गृहमन्त्रीलाइ बुझाए ज्ञापनपत्र

काठमाडाैं,२ असाेज । जेनजीको पचास प्रतिशत सहभागिता माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई जेनजी आन्दोलनको एउटा समूहले सरकारमा साँत बुँदे  ज्ञापनपत्र बुझाएको छ। बिहीबार गृहमन्त्नी अर्याललाई भेटेर जस्मिन ओझा नेतृत्वको ‘जेनजी नेपाल’ समूहले सरकारमा जेन–जीको ५०...

जेनजी आन्दोलन आदिवासी मुद्दा प्रति उदासिन रहेकाे भन्दै जेनजी आदिवासी परामर्शमा जुट्दै

 काठमाडाैं, १ असाेज । भ्रष्ट्रचार, परिवारवाद, नाताबादको विरोधमा सुरु भएको जेएनजीको आन्दोलनको परिणाम संस्थागत गरिरहँदा सोही आन्दोलनमा सहभागी आदिवासी जेएनजीहरु भने अन्यौलमा परेको देखिएको छ । खास गरेर मूलधारको जेएनजीको आन्दोलनमा आदिवासीको सवाल समेट्न नसकेकोमा...

तीन मन्त्रीको टुंगो लाग्योः अर्थमा रामेश्वर, गृहमा ओमप्रकाश र उर्जामा कुलमान

ललितपुर, २९ भदौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार अर्थमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जामा कुलमान घिसिङको...