इवाहाङ वंशको प्रथम अधिवेशन सम्पन्नः अध्यक्षमा के.बी. इवाहाङ्

 लिम्बुवान न्युज
                       

धनकुटा, २२ चैत । इवाहाङ वंश विकास समिति प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन साँगुरीगढी गाउँपालिका वार्ड नं–२ गैरीगाउँमा अत्यन्तै सफल पुर्वक सम्पन्न भएको छ । शनिबार प्रदेश नं. १ का पुर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

धनकुटा जिल्ला भित्रका जातीय संघ संस्थाका प्रमुखहरुको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा लिम्बूजन्य थरगत÷थुमगत प्रतिनिधित्व गराई र सा.गा.पा.का प्रत्येक वडाध्यक्षहरु समेत उपस्थित रहेको थियो ।

कार्यक्रममा विभिन्न व्याक्तित्वहरुलाई सम्मान ज्येष्ठ नागरिक, सरकारी अहोदामा ख्याति प्राप्त ४० जना व्याक्तित्वहरुलाई समेत सम्मान गरि खुल्ला सत्र कार्यक्रम समापन भएको थियो ।

कार्यक्रमले बन्दसत्रबाट के.बी. इवाहाङ्को अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा प्रेम कुमार इवाहाङ, उपाध्यक्षहरुमा निर्मला खवाहाङ र विष्णु इवाहाङ् त्यसैगरी महासचिवमा रमेश इवाहाङ, सचिवमा मणि प्रसाद इवाहाङ र कोषाध्यक्षमा गीता चेम्जोङ् चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा राजेश इवाहाङ, क्षितिज इवाहाङ, नरेन्द्र इवाहाङ, मान प्र.इवाहाङ, छत्र इवाहाङ, कुमारी इवाहाङ, रमा इवाहाङ, सन्त इवाहाङ, मार्कुश इवाहाङ, शुरत इवाहाङ, धन ब.इवाहाङ, शुरेन्द्र इवाहाङ(धरान), शान्ति इवाहाङ, पुर्ण ब.इवाहाङ, शुरेन्द्र इवाहाङ(पंचायन), डि.वी इवाहाङ, लोक बहादुर इवाहाङ, पम्फादेवी नेम्वाङ्, हस्त बहादुर इवाहाङ, लक्ष्मी इवाहाङ, फिपराज इवाहाङ, किताबसिं इवाहाङ, गंगाध्वज इवाहाङ र उषा चेम्जोङ रहेका छन् ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...