विशेष कार्यक्रमका बिच मञ्च अध्यक्ष कुमार लिङदेन कुम्मायकमा

 लिम्बुवान न्युज
                       

पाँचथर, २३ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक कुम्मायक–२ माङ्जाबुङ पुगेका छन् । आज सेर्मा संजुम्भोको महासम्मेलनमा जाने क्रममा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पान्थरका नेताहरुसँग भेटघाट समेत उनले गरेका हुन् ।

सो क्रममा कुम्मायुक वडा नं. २ मा अध्यक्ष लिङदेनको उपस्थितिमा लिम्बुवान मञ्चको वडा समिति गठन भएको छ । देवीचन्द्र सेर्माको अध्यक्षतमा ११ सदस्यीय कार्य समिति गठन भएको हो ।

त्यसैगरी समितिको उपाध्यक्षमा इन्द्र ब.सेर्मा र कमला सेर्मा त्यसैगरी सचीवमा बेग ब. सेर्मा, अर्थसचिवमा सङ्सेस सेर्मा चयन भएका छन् भने सदस्यमा लक्ष्मण सेर्मा, दिवाकर सेर्मा, धोजहाङ सेर्मा, सचिन सेर्मा, सन्दिप सेर्मा र जापान सेर्मा चयन भएका छन् ।

कार्यक्रममा मञ्चका संघीय अर्थसचिव सुर्य आङबुहाङ, प्रान्तीय उपमहासचिव धनराज सुब्बा, लिम्बुवान भोलेन्टियर्स उपकमाण्डर लाजेसा सेर्मा र जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, जिल्ला बरिष्ठ उपाध्यक्ष जितेन चेम्जोङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

इटहरी २ अध्यक्षमा हर्कजंग लिम्बु निर्वाचित

यसैगरी आज सुनसरी इटहरी वडा नं. २ को अध्यक्ष हर्कजंग लिम्बु निर्वाचित भएका छन् । इटहरीमा जिल्ला उपाध्यक्ष मनोहर थलङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले अध्यक्षमा लिम्बुलाई चयन गरेको हो ।
यसरी नै समितिको उपाध्यक्षमा सुरेन लिम्बु, सचिवमा गणेश लिम्बु, सहसचिवमा देव लिम्बु र अर्थसचिवमा अमृता लिम्बु चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा एल.बी. लिम्बु, निर्मल लिम्बु, तेजबहादुर लिम्बु, सुमित्रा लिम्बु, दिपेन लिम्बु, पवित्रा लिम्बु, भिमा लिम्बु र उषा लिम्बु चयन भएका छन् ।

वडा कमिटी गठन कार्यक्रममा मञ्चका जिल्ला महिला उपाध्यक्ष सरिता राई अधिकारी, इटहरी उपमहानगरका उपाध्यक्ष सनवीर लिम्बु, जिल्ला नेताहरु विवेक लिम्बु, सुमित्रा लिम्बु लगायत नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...