दमक नगरपालिकाद्वारा दुई पत्रकार संस्थालाई सहयोग

 लिम्बुवान न्युज
                       

दमक । दमक नगरपालिकाले झापाको दुई पत्रकारका संस्थाहरुले स्थापना गरेको अक्षयकोषलाई सहयोग रकम प्रदान गरेको छ ।

प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोष, पत्रकारिता पुरस्कार कोषलाई ५० हजार रुपैयाँ र पत्रकार मञ्च दमकले स्थापना गरेको पत्रकार अक्षयकोषलाई ५० हजार रुपैयाँ प्रदान गरेको संस्थाका अध्यक्ष मनकुमार गदालले जानकारी दिनु भयो ।

पत्रकार मञ्च दमकमा शुक्रबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष गदालले प्रेस चौतारी र पत्रकार मञ्चको कोषलाई दमक नगर पालिकाले प्रदान गरेको चेक सार्वजानिक गर्नु भयो ।

पत्रकार मञ्च दमकले लक्ष्मीवेराङ सामुदायिक बचत तथा ऋण सहकारी संस्था दमकमा अक्षयकोषको खातामा यस अघि १लाख५५ हजार १सय ६२ रुपैयाँ जम्मा भइसकेको मञ्चका उपाध्यक्ष झगेन्द्र खड्काले जानकारी दिए ।

नेपाल बहुउदेश्यीय सहकारी संस्था विर्तामोड(एनएमसी) मा प्रेस चौतारी नेपालको खातामा पत्रकार उपचार कोष र पत्रकारिता पुरस्कार कोषमा रकम जम्मा हुने क्रम चली रहेको संगठनको जिल्ला कमिटी अध्यक्ष गदालले बताए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...