विभिन्न पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेशः लोकबहादुरले त्यागे एमाले

 लिम्बुवान न्युज
                       

मेयङलुङ, तेह्रथुम । विभिन्न पार्टी परित्याग गर्दै तेह्रथुम मेयङलुङ ८ स्थित आङ्बुङ सन्सारीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका पुराना नेता तेह्रथुम सल्लाहकार तथा नगर सचिवालय सदस्य लोक बहादुर सम्बाहाङ्फेको नेतृत्वमा १ दर्जन बढी एमालेबाट मञ्चमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूमा देउबहादुर सम्बाहाङ्फे, खड्क ब सम्बाहाङ्फे, सन्तोस सम्बाहाङ्फे, टीका सम्बाहाङ्फे, बल ब सम्बाहाङ्फे, खड्क खापुङ, गिन्द्र सम्बाहाङ्फे, अजय सम्बाहाङ्फे, दुक्चमान सम्बाहाङ्फे, सुजता लिम्बू, सुनिता लिम्बू, सरोज सुब्बा, लाल ब खापुङ, नर ब सम्बाहाङ्फे, देवराज मगर र नर बहादुर सम्बाहाङ्फे रहनुभएको छ । यसैगरी सोही प्रवेश कार्यक्रमबाट नेपाली कांग्रेसबाट पनि पार्टी परित्याग गरि मञ्चमा प्रवेश गरेका छन ।

नवप्रवेशीहरुलाई पार्टीका प्रान्तीय उपाध्यक्ष कृष्ण बहादुर तुम्बाहाङ्फेले अविर जात्रा गरि स्वागत तथा सम्मान गर्नुभएको छ । प्रवेश कार्यक्रममा बोल्दै नग प्रवेशिहरुको तर्फबाट लोक ब सम्बाहाङ्फेले नेकपा एमाले परिवारवादमा फसेको कारण आफुले पार्टी छोड्नुपरेको बताउनुभयो । उनले आफ्नो लिम्बुवान पार्टी चिन्न ढिलाइ गरेकोमा पश्चात गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि तुम्बाहाम्फेले नव प्रवेशीहरुलाई खदा ओडाई शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा मञ्चका संघीय सहसचिव सेसेहाङ हुक्पाचोङबाङ, अन्य जिल्लाका नेताहरु सन्तोष सम्बाहाङ्फे, चहकमान आङ्बुङ, भिम थेगुवा लगायतले बधाई तथा शुभकामना मन्तव्यद्वारा शुभकामना दिएका थिए ।

कार्यक्रम नगर अध्यक्ष देविनारायण सम्बाहाङ्फेको अध्यक्षता तथा नगर उपाध्यक्ष डम्बर खापुङको स्वागत मन्तव्य र सचिव राजकुमार खापुङ्को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी आगामी बैशाख ३० को स्थानीय तह निर्वाचनमा नवप्रवेसी लोक बहादुर सम्बाहाङ्फेलाई वडा अध्यक्षको उम्मेदवार समेत उक्त कार्यक्रमले घोषणा गरेको छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...