माङ्सेबुङ वडा ५ स्वतन्त्र उम्मेदवारलाई नाम फिर्ता लिन सहमत गराउन गठबन्धनका नेतालाई सकस

 लिम्बुवान न्युज
                       

किरात समाचारः माङ्सेबुङ गाउपालिका वडा ५ मा गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमुक्ति पार्टिका नरेन्द्रकुमार राईलाई  चुनाव जिताउनको लागि स्वतन्त्र उम्मेदवारलाई नाम फिर्ता लिन सहमत गराउन सत्तागठबन्धन पार्टी लगायतका नेतालाई हम्मेहम्मे परेको छ ।

स्थानिय चुनावमा कांग्रेसबाट टिकट नपाए पछि असन्तुष्ट बनेका सेलिङले माङ्सेबुङ वडा ५ को स्वतन्त्र उम्मेदवार दिएका छन। सुवदल सेलिङले कांग्रेसबाट राजीनामा दिएर वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिएका हुन् ।

स्थानीय तह २०७९ निर्वाचनको लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज प्रकाशित हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । आजै बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

स्थानिय तह निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता दिने अन्तिम दिन भएकाले माङ्सेबुङ ५ बाट स्वतन्त्र उम्मेदवारि दिएकाहरुको नाम फिर्ता लिन सहमत गराउनको लागी गठबन्धन लगायतका नेताहरु थप सक्रिय भएर लागेका छन् ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...