माङ्सेबुङ वडा ५ स्वतन्त्र उम्मेदवारलाई नाम फिर्ता लिन सहमत गराउन गठबन्धनका नेतालाई सकस

 लिम्बुवान न्युज
                       

किरात समाचारः माङ्सेबुङ गाउपालिका वडा ५ मा गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमुक्ति पार्टिका नरेन्द्रकुमार राईलाई  चुनाव जिताउनको लागि स्वतन्त्र उम्मेदवारलाई नाम फिर्ता लिन सहमत गराउन सत्तागठबन्धन पार्टी लगायतका नेतालाई हम्मेहम्मे परेको छ ।

स्थानिय चुनावमा कांग्रेसबाट टिकट नपाए पछि असन्तुष्ट बनेका सेलिङले माङ्सेबुङ वडा ५ को स्वतन्त्र उम्मेदवार दिएका छन। सुवदल सेलिङले कांग्रेसबाट राजीनामा दिएर वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिएका हुन् ।

स्थानीय तह २०७९ निर्वाचनको लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज प्रकाशित हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । आजै बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

स्थानिय तह निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता दिने अन्तिम दिन भएकाले माङ्सेबुङ ५ बाट स्वतन्त्र उम्मेदवारि दिएकाहरुको नाम फिर्ता लिन सहमत गराउनको लागी गठबन्धन लगायतका नेताहरु थप सक्रिय भएर लागेका छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...