फक्ताङलुङ साँस्कृतिक मञ्चकाे १६औं साधारणसभा सम्पन्नः रित्त पदले पूर्णता पायाे

 लिम्बुवान न्युज
                       

ललितपुर । लिम्बू कलाकारहरुको साझा संगठन फक्ताङलुङ साँस्कृतिक मञ्च केन्द्रीय कार्यसमितिको(फक्ताङलुङ सयङ) १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार ललितपुरमा अवस्थित चुम्लुङहिमको सभा हलमा किरात याक्थुङ चुम्लुङका संघिय उपाध्यक्ष गोविन्द आङबुङको प्रमुख आतिथ्यमा फक्ताङलुङ सयङको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।


‘हाक्पारे पालाम साम्लोरी रो, साम्लो नु लोनु लाम्लोरी रो’ भन्ने मुल नाराका साथ लिम्बूको मौलिक कला संस्कृति सम्वर्धन प्रवर्द्धन गर्दै आईरहेको संगठन फक्ताङलुङ साँस्कृतिक मञ्चको चौंथो महाधिवेशनले पुर्णता दिन बाँकिरहेको कार्यसमितिलाई पुर्णता दिदैं मञ्चको साधारणसभा स्पन्न भएको हो ।

कार्यसमितिलाई पुर्णता दिनेक्रममा यस अघि सचिवमा रहेका जेपी नेम्वाङलाई साधारणसभाबाट मञ्चको उपाध्यक्षमा बढुवा गरेको छ । यसैगरि सहकोषाध्यक्ष रहेका शम्भु फोम्बोलाई सचिवमा बढुवा गरेको छ ।

साधारणसभाले महिला सचिवमा दिपा सुहाङलाई नियुक्त गरेको छ भने, सहकोषाध्यक्षमा लक्ष्मण चोङबाङलाई मनोनयन गरेको छ ।


नवमनोनित सदस्यहरुमा क्रमशः नरेश वनेम, विवश नेम्बाङ, लेखनाथ चेम्जोङ, गंगा सिङजाङगो लिम्बू, सुनिता संयक, उदय बेघा, दिलिप फुरुम्बो, तानाम तान्छो लावती र हिमाल लिम्बू रहेका छन् ।

पदोन्नति भएका तथा मनोनीत भएका मञ्चका केन्द्रीय पदाधिकारी एवम् सदस्यहरुलाई प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ संघिय उपाध्यक्ष गोविन्द आङबुङले खदा ओढाएर सम्मान गरेका थिए ।

साधारणसभाबाट पुर्णता पाएसँगै फक्ताङलुङ सयङको केन्द्रीय कार्यसमिति २३ सदस्यीय बनेको छ । जसअनुसार अध्यक्ष यादन नुनाम सेर्मा, उपाध्यक्षमा क्रमशः मोहन मादेन, तारा थेबे र जेपी नेम्बाङ रहेका छन् ।


महासचिवमा कञ्चन थलङ, सचिवमा क्रमशः शम्भु फोम्बो र दिपा सुहाङ, कोषाध्यक्षमा मञ्जु लावती र सहकोषाध्यक्षमा लक्ष्मण चोङबाङ रहेका छन् ।

यस्तै सदस्यहरुमा क्रमशः राजेन्द्र केरुङ, पुष्पाञ्जली तिलिङ मादेन, तिर्सना नेम्बाङ, गंगा फियाक, सगुन आङदेम्बे, नरेश वनेम, विवश नेम्बाङ, लेखनाथ चेम्जोङ, गंगा सिङजाङगो लिम्बू, सुनिता संयक, उदय बेघा, दिलिप फुरुम्बो, तानाम तान्छो लावती र हिमाल लिम्बू रहेका छन् ।

कार्यक्रममा गायीका देशु सुहाङ, मञ्चका सल्लाहकार गायक व्रविम सेर्मा, गायक दिपक लिम्बू, याक्थुङ युथ एशोसिएशनका अध्यक्ष भिम लिम्बू, गायक तथा सेवा रेकर्डिङ स्टुडियोका सञ्चालक अशोक मुकारुङ, सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसान लगायत थुप्रै कलाकारहरुको वाक्लो उपस्थिति रहेको थियो ।

फक्ताङलुङ सयङका अध्यक्ष यादन सेर्मा नुनामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मोहन मादेनको स्वागत मन्तव्य र सञ्चालन महासचिव कञ्चन थलङले गरेका थिए ।

यस्तै मञ्चका महासचिव कञ्चन थलङले संगठनको प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेको कार्यक्रममा गायीका दिपा सुहाङ, गायक तानाम तान्छो लावती र गायक सुजन आङदेम्बेले साँगितिक प्रस्तुति दिएका थिए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;