फक्ताङलुङ साँस्कृतिक मञ्चकाे १६औं साधारणसभा सम्पन्नः रित्त पदले पूर्णता पायाे

 लिम्बुवान न्युज
                       

ललितपुर । लिम्बू कलाकारहरुको साझा संगठन फक्ताङलुङ साँस्कृतिक मञ्च केन्द्रीय कार्यसमितिको(फक्ताङलुङ सयङ) १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार ललितपुरमा अवस्थित चुम्लुङहिमको सभा हलमा किरात याक्थुङ चुम्लुङका संघिय उपाध्यक्ष गोविन्द आङबुङको प्रमुख आतिथ्यमा फक्ताङलुङ सयङको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।


‘हाक्पारे पालाम साम्लोरी रो, साम्लो नु लोनु लाम्लोरी रो’ भन्ने मुल नाराका साथ लिम्बूको मौलिक कला संस्कृति सम्वर्धन प्रवर्द्धन गर्दै आईरहेको संगठन फक्ताङलुङ साँस्कृतिक मञ्चको चौंथो महाधिवेशनले पुर्णता दिन बाँकिरहेको कार्यसमितिलाई पुर्णता दिदैं मञ्चको साधारणसभा स्पन्न भएको हो ।

कार्यसमितिलाई पुर्णता दिनेक्रममा यस अघि सचिवमा रहेका जेपी नेम्वाङलाई साधारणसभाबाट मञ्चको उपाध्यक्षमा बढुवा गरेको छ । यसैगरि सहकोषाध्यक्ष रहेका शम्भु फोम्बोलाई सचिवमा बढुवा गरेको छ ।

साधारणसभाले महिला सचिवमा दिपा सुहाङलाई नियुक्त गरेको छ भने, सहकोषाध्यक्षमा लक्ष्मण चोङबाङलाई मनोनयन गरेको छ ।


नवमनोनित सदस्यहरुमा क्रमशः नरेश वनेम, विवश नेम्बाङ, लेखनाथ चेम्जोङ, गंगा सिङजाङगो लिम्बू, सुनिता संयक, उदय बेघा, दिलिप फुरुम्बो, तानाम तान्छो लावती र हिमाल लिम्बू रहेका छन् ।

पदोन्नति भएका तथा मनोनीत भएका मञ्चका केन्द्रीय पदाधिकारी एवम् सदस्यहरुलाई प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ संघिय उपाध्यक्ष गोविन्द आङबुङले खदा ओढाएर सम्मान गरेका थिए ।

साधारणसभाबाट पुर्णता पाएसँगै फक्ताङलुङ सयङको केन्द्रीय कार्यसमिति २३ सदस्यीय बनेको छ । जसअनुसार अध्यक्ष यादन नुनाम सेर्मा, उपाध्यक्षमा क्रमशः मोहन मादेन, तारा थेबे र जेपी नेम्बाङ रहेका छन् ।


महासचिवमा कञ्चन थलङ, सचिवमा क्रमशः शम्भु फोम्बो र दिपा सुहाङ, कोषाध्यक्षमा मञ्जु लावती र सहकोषाध्यक्षमा लक्ष्मण चोङबाङ रहेका छन् ।

यस्तै सदस्यहरुमा क्रमशः राजेन्द्र केरुङ, पुष्पाञ्जली तिलिङ मादेन, तिर्सना नेम्बाङ, गंगा फियाक, सगुन आङदेम्बे, नरेश वनेम, विवश नेम्बाङ, लेखनाथ चेम्जोङ, गंगा सिङजाङगो लिम्बू, सुनिता संयक, उदय बेघा, दिलिप फुरुम्बो, तानाम तान्छो लावती र हिमाल लिम्बू रहेका छन् ।

कार्यक्रममा गायीका देशु सुहाङ, मञ्चका सल्लाहकार गायक व्रविम सेर्मा, गायक दिपक लिम्बू, याक्थुङ युथ एशोसिएशनका अध्यक्ष भिम लिम्बू, गायक तथा सेवा रेकर्डिङ स्टुडियोका सञ्चालक अशोक मुकारुङ, सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसान लगायत थुप्रै कलाकारहरुको वाक्लो उपस्थिति रहेको थियो ।

फक्ताङलुङ सयङका अध्यक्ष यादन सेर्मा नुनामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मोहन मादेनको स्वागत मन्तव्य र सञ्चालन महासचिव कञ्चन थलङले गरेका थिए ।

यस्तै मञ्चका महासचिव कञ्चन थलङले संगठनको प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेको कार्यक्रममा गायीका दिपा सुहाङ, गायक तानाम तान्छो लावती र गायक सुजन आङदेम्बेले साँगितिक प्रस्तुति दिएका थिए ।

सम्बन्धित समाचार

‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि लागु हुने

ललितपुर, ७ असार । लामो प्रतीक्षापछि माध्यमिक तहको याक्थुङ (लिम्बू) भाषा अध्ययनका लागि तयार गरिएको ‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि पठनपाठनमा लागू हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रअन्तर्गत मातृभाषा विषय समितिमा प्रस्तुत...

लिम्बु पत्रकार संघ पान्थर अध्यक्षमा रजनी हाङसरूम्बा

दमक, ७ असार । लिम्बू पत्रकार संघ पान्थरकाे अध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएका छन्। शनिबार पान्थरकाे फेदेनमा सम्पन्न संघको तेश्रो जिल्ला अधिवेशनले हाङसरुम्बाको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला समिति  चयन गरेको हो। उक्त अधिवेशनबाट उपाध्यक्षमा भूपेन योङहाङ, सचिवमा इवारा जेबगु, सहसचिवमा मनेन्द्र केरुङ आहुती र कोषाध्यक्षमा सुष्मा हाङसरुम्बा सर्वसम्मत चयन भएका छन्। यस्तैगरी सदस्यहरूमा इच्छा लिम्बु, तागेरा तावाहाङ, अशाेक लावती र पदम दुःखी सम्बाहाम्फे चयन भएकाे नव निर्वाचित अध्यक्ष हाङसरूम्बाले बताइन् । त्यस्तै प्रदेश महाधिवेशन...

मुक्कुमलुङमा १० हजार विरुवा रोपियो

फुङलिङ, २ असार । ताप्लेजुङस्थित धार्मिक पर्यटकीय स्थल तथा याक्थुङहरुको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङमा १० हजार विरुवा रोपिएको छ । आइतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको आयोजनामा सयौं संख्यामा उपस्थित...

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...