क्यान्सर पिडीत लक्ष्मीलाई ४ लाख ३१ हजार सहयोग प्रदान
शनिबार, १८ बैशाख, २०७८ बिहानको ०७:४६ बजे,
लिम्बुवान न्युज
दमक। झापाको कमल गाउँपालिका वडा नं. ७ निबासी क्यान्सर पीडित लक्ष्मी हुक्पा चोङ्वाङको उपचारको लागि हुक्पा चोङबाङ् कल्याण संघ यु.के.ले आर्थिक सहयोग प्रदान गरेको छ ।
आइतबार संस्थाका सदस्य देवबहादुर हुक्पा चोङ्वाङको पहलमा संकलित ४ लाख ३१ हजार रुपैयाँ क्यान्सर पिढीत चोङबाङलाई एक कार्यक्रमका बिच रकम हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा हुक्पा चोङवाङ कल्याण संघ केन्द्रिय समितिका उपाध्यक्ष मदनकुमार चोङबाङ, महासचिव भगत हुक्पा चोङवाङ, सुनसरी सदस्य ज्ञानेन्द्र हुक्पा चोङवाङ र प्रवास युकेका प्रतिनिधि शर्मिला यक्सोको उपस्थिति रहेको थियो ।
आर्थिक अवस्था अत्यन्तै नाजुक भएकी चोङ्बाङको घाटीको क्यान्सर केही समय देखि उपचार गराईरहेकि छन् । उक्त रकम हस्तान्तरण कार्यक्रममा बोल्दै क्यान्सर पीडित लक्ष्मी हुक्पा चोङ्वाङले आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण मनकारी युकेबासीहरुलाई आभार प्रकट गरेकि छन् ।
ललितपुर, २ असोज । संयुक्त पहिचानवादी मोर्चाका संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावतीले २०७२ को संविधान विभेदकारी भएको बताएका छन् । संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेखिएपनि कागजी अक्षरमा मात्र सिमित रहेको स्पष्ट रहेको छ ।...
काठमाडाैं, १ असाेज । भ्रष्ट्रचार, परिवारवाद, नाताबादको विरोधमा सुरु भएको जेएनजीको आन्दोलनको परिणाम संस्थागत गरिरहँदा सोही आन्दोलनमा सहभागी आदिवासी जेएनजीहरु भने अन्यौलमा परेको देखिएको छ । खास गरेर मूलधारको जेएनजीको आन्दोलनमा आदिवासीको सवाल समेट्न नसकेकोमा...
ललितपुर, २९ भदौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार अर्थमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जामा कुलमान घिसिङको...