कियाचु गौरादह अध्यक्षमा राजकुमार माखिम निर्वाचित

 लिम्बुवान न्युज
                       

झापा। किरात याक्थुङ् चुम्लुङ् गौरादह नगर शाखाको अध्यक्षमा राजकुमार माखिम निर्वाचित भएका छन् । शनिबार सम्पन्न दोस्रो नगर अधिवेशनले माखिमलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

अधिवेशनले माखिमको नेतृत्वमा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । जसअनुसार उपाध्यक्ष टेकबहादुर योङ्हाङ्, सचिव नरेन्द्र वनेम फागो, सह–सचिव दिपेश नेम्बाङ् र कोषाध्यक्ष्मा टंकमाया आङ्थुप्पो चयन भएका छन् भने सदस्यहरुमा हस्तबहादुर खापुङ्, लक्ष्मीप्रसाद कन्दङ्वा, गजेन्द्र आङ्देम्बे, इन्द्रमती लिम्बू, श्रीप्रसाद लिम्बू चङ्वाङ्, सुनमती जवेगु, प्रेम देवान र अमित योङ्हाङ् चयन भएका छन् । नगर कार्य समितिमा निर्वाति पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक तथा कियाचु झापाका अध्यक्ष सेसेहाङ् फियाकले पदीय जिम्मेवारीको सपथ ग्रहण गरएका छन् ।

कियाचु झापा जिल्ला शाखा अध्यक्ष सेसेहाङ् फियाकले अधिवेशनको समुद्घाटन मन्तव्य राख्नुहुँदै याक्थुङ् लिम्बुहरुको साझा संस्थाको रुपमा स्थापित चुम्लुङलाई संस्थागत विकासमा लिम्बुहरु संगठित भएर लाग्नुपर्ने कुरामा जोड दिएका छन् । उनले मन्तव्यको क्रममा चुम्लुङ्ले अबको दिनमा भाषिक, साहित्यिक, साांस्कृतिक, धार्मिक र जातीय हक हतिकार प्राप्तीको सन्दर्भमा राज्यमा पहुँच पुर्याउने विभिन्न किसिमका रणनीति अपनाई अघि बढ्नुपर्नेछ जोड दिए । त्यसैक्रममा बोल्दै अध्यक्ष फियाकले लिम्बुहरु अब यथास्थितीवादको सिद्धान्तमा अल्झिएर नबसी अग्रगामी अभियानका साथ काम गर्दै जानुपर्ने कुरामा जोड दिए ।

विशिष्ठ अतिथि झापा जिल्ला समन्वय परिषद सदस्य चन्द्र सुब्बा, गौरादह नगरपालिका वडा न.ं २ का जनप्रतिनिधी वडा सदस्य विजय कन्दङ्वा, कियाचु पूर्व जिल्ला सदस्य लालबहादुर नेयोङहाङ्, आदिवासी जनजाती महासंघ गौरादह नगर समन्वय परिषद्का उपाध्यक्ष तथा किरात राई यायोक्खा जिल्ला सदस्य के.डी. राई, मानबहादुर चेम्जोङ्, कृष्णमाया साम्रा खापुङ् लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गौरादह नगरपालिका वडा न. २ स्थित ज्ञानज्योती सेकेण्डरी स्कुलको सभाहलमा चुम्लुङ् नगर अध्यक्ष लक्षुमण योङ्हाङको सभापतित्वमा सम्पन्न अधिवेशनमा सचिव राजकुमार माखिमले संस्थाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...