कियाचु गौरादह अध्यक्षमा राजकुमार माखिम निर्वाचित

 लिम्बुवान न्युज
                       

झापा। किरात याक्थुङ् चुम्लुङ् गौरादह नगर शाखाको अध्यक्षमा राजकुमार माखिम निर्वाचित भएका छन् । शनिबार सम्पन्न दोस्रो नगर अधिवेशनले माखिमलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

अधिवेशनले माखिमको नेतृत्वमा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । जसअनुसार उपाध्यक्ष टेकबहादुर योङ्हाङ्, सचिव नरेन्द्र वनेम फागो, सह–सचिव दिपेश नेम्बाङ् र कोषाध्यक्ष्मा टंकमाया आङ्थुप्पो चयन भएका छन् भने सदस्यहरुमा हस्तबहादुर खापुङ्, लक्ष्मीप्रसाद कन्दङ्वा, गजेन्द्र आङ्देम्बे, इन्द्रमती लिम्बू, श्रीप्रसाद लिम्बू चङ्वाङ्, सुनमती जवेगु, प्रेम देवान र अमित योङ्हाङ् चयन भएका छन् । नगर कार्य समितिमा निर्वाति पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक तथा कियाचु झापाका अध्यक्ष सेसेहाङ् फियाकले पदीय जिम्मेवारीको सपथ ग्रहण गरएका छन् ।

कियाचु झापा जिल्ला शाखा अध्यक्ष सेसेहाङ् फियाकले अधिवेशनको समुद्घाटन मन्तव्य राख्नुहुँदै याक्थुङ् लिम्बुहरुको साझा संस्थाको रुपमा स्थापित चुम्लुङलाई संस्थागत विकासमा लिम्बुहरु संगठित भएर लाग्नुपर्ने कुरामा जोड दिएका छन् । उनले मन्तव्यको क्रममा चुम्लुङ्ले अबको दिनमा भाषिक, साहित्यिक, साांस्कृतिक, धार्मिक र जातीय हक हतिकार प्राप्तीको सन्दर्भमा राज्यमा पहुँच पुर्याउने विभिन्न किसिमका रणनीति अपनाई अघि बढ्नुपर्नेछ जोड दिए । त्यसैक्रममा बोल्दै अध्यक्ष फियाकले लिम्बुहरु अब यथास्थितीवादको सिद्धान्तमा अल्झिएर नबसी अग्रगामी अभियानका साथ काम गर्दै जानुपर्ने कुरामा जोड दिए ।

विशिष्ठ अतिथि झापा जिल्ला समन्वय परिषद सदस्य चन्द्र सुब्बा, गौरादह नगरपालिका वडा न.ं २ का जनप्रतिनिधी वडा सदस्य विजय कन्दङ्वा, कियाचु पूर्व जिल्ला सदस्य लालबहादुर नेयोङहाङ्, आदिवासी जनजाती महासंघ गौरादह नगर समन्वय परिषद्का उपाध्यक्ष तथा किरात राई यायोक्खा जिल्ला सदस्य के.डी. राई, मानबहादुर चेम्जोङ्, कृष्णमाया साम्रा खापुङ् लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गौरादह नगरपालिका वडा न. २ स्थित ज्ञानज्योती सेकेण्डरी स्कुलको सभाहलमा चुम्लुङ् नगर अध्यक्ष लक्षुमण योङ्हाङको सभापतित्वमा सम्पन्न अधिवेशनमा सचिव राजकुमार माखिमले संस्थाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...