आज एनएसएल लिग चरणको अन्तिम खेलमा चितवन र काठमाडौं भिड्दै

 लिम्बुवान न्युज
                       

काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) फूटबलको लिग चरणको अन्तिम खेल हुँदैछ । आज हुने अन्तिम खेलसँगै क्वालिफायर खेल शुरुहुने छ ।

शनिबार भएका दुई खेलमा ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल हराउँदै र बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शिर्ष चार स्थानमा दुवै क्लव सुरक्षित भएका हुन् ।

कोरोना महामारीका बिच चालू प्रतियोगितामा विना दर्शक भईरहेको प्रतियोगितालाई एपी १ टेलिभिजनले प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

खुकुरी नेपाल सुपर लिगमा ७ वटा क्लबहरु काठमाठौं रेजर्स एफसी, विराटनगर सिटी एफसी, धनगढी एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, पोखरा थण्डर एफसी र एफसी चितवन सम्मिलित छन् । उक्त खेलमा शिर्ष चार स्थानमा सुरक्षित क्लबहरु क्वालिफायरमा पुगेका छन् भने बाँकी तीन क्लब घर फर्कने छन् । काठमाडौं रेजर्स यस अघि नै क्वालिफायरमा पुगिसकेको छ । एफसी चितवन अंकतालिकको पुच्छरमा रहेको छ ।

अब पहिलो क्वालिफायरमा धनगढी एफसी र काठमाडौं रेजर्स एफसी त्यसैगरी ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी दोस्रो क्वालिफायरमा खेल्ने छन् । आज चितवन एफसीले काठमाडौंलाई हराए पनि घर फर्कने छ त्यसैगरी विराटनगर सिटी, वुटवल लुम्बिनी र पोखरा थण्डर्सले पनि लिगचरणमा चित्त बुझाएर घर फर्किने छन् ।

(तस्वीरः एनएसएलकाे अफिसियल फेसबुक पेजबाट)

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...