आज एनएसएल लिग चरणको अन्तिम खेलमा चितवन र काठमाडौं भिड्दै

 लिम्बुवान न्युज
                       

काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) फूटबलको लिग चरणको अन्तिम खेल हुँदैछ । आज हुने अन्तिम खेलसँगै क्वालिफायर खेल शुरुहुने छ ।

शनिबार भएका दुई खेलमा ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल हराउँदै र बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शिर्ष चार स्थानमा दुवै क्लव सुरक्षित भएका हुन् ।

कोरोना महामारीका बिच चालू प्रतियोगितामा विना दर्शक भईरहेको प्रतियोगितालाई एपी १ टेलिभिजनले प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

खुकुरी नेपाल सुपर लिगमा ७ वटा क्लबहरु काठमाठौं रेजर्स एफसी, विराटनगर सिटी एफसी, धनगढी एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, पोखरा थण्डर एफसी र एफसी चितवन सम्मिलित छन् । उक्त खेलमा शिर्ष चार स्थानमा सुरक्षित क्लबहरु क्वालिफायरमा पुगेका छन् भने बाँकी तीन क्लब घर फर्कने छन् । काठमाडौं रेजर्स यस अघि नै क्वालिफायरमा पुगिसकेको छ । एफसी चितवन अंकतालिकको पुच्छरमा रहेको छ ।

अब पहिलो क्वालिफायरमा धनगढी एफसी र काठमाडौं रेजर्स एफसी त्यसैगरी ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी दोस्रो क्वालिफायरमा खेल्ने छन् । आज चितवन एफसीले काठमाडौंलाई हराए पनि घर फर्कने छ त्यसैगरी विराटनगर सिटी, वुटवल लुम्बिनी र पोखरा थण्डर्सले पनि लिगचरणमा चित्त बुझाएर घर फर्किने छन् ।

(तस्वीरः एनएसएलकाे अफिसियल फेसबुक पेजबाट)

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...