कोरोना भाइरसका कारण बेलायत र सिंगापुर भर्ती मिति सर्‍याे

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण दोस्रो लहरमा फैलिएपछि ब्रिटिस सेना र सिंगापुर प्रहरीको भर्ती दर्ता मिति सरेको छ । कोरोना महामारी नेपालमा उच्च दरले वृद्धि भएसँगै तीन हप्ता पछाडि सरेको जनाइएको छ ।

नेपाल सरकारले जारी गरेको आदेश पालना गर्दै ब्रिटिस आर्मी तथा सिंगापुर पुलिसको भर्ती दर्ता हुने मिति तीन हप्ताले पछाडि सारिएको जानकारी दिदै ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइट आर्मी डट एमओडी डट यूकेमा भनेको छ । साथै मुख्यालयले ‘मिति बदली भएको नयाँ कल फर्वर्ड लिस्ट तुरुन्त वेबसाइटमा राख्ने र कुनै फेरबदल गर्न परेमा तथा अन्य समस्या आएमा तुरुन्तै खबर गर्नेछौं ।’ –भनेको छ ।

वेवसाइटबाट रिक्रुट इन्टक–२०२२ का निम्ति उक्त जानकारी गराएको हो । अघिल्लो सूचनामा जेठ १० गतेदेखि साउन १४ गतेभित्र रजिस्ट्रेसनको समय तोकेको थियो । ‘कृपया नेपाल सरकारले जारी गरेको आदेश पालना गर्नुहोस्,’ रिक्रुटमेन्ट हेर्ने डेपुटी रेक्रुटिङ अफिसर ज्याकमेलले भिडियो सन्देशमा भनेका छन्, ‘डिसेम्बरबाट सेन्ट्रल सेलेक्सन सुरु हुन्छ । सुरक्षित रहन सावधानी अपनाउनुहोस् । समूहमा नभई सकेसम्म एक्लै तालिम गर्नुहोस् । सधैं मास्क लगाउनुहोस् । २ मिटरको सामाजिक दूरी सधैं कायम राख्नुहोस् । साबुन पानीले सधैं हात धुनुहोस् । सधैं स्वस्थ अनि सुरक्षित रहनु होस् ।’ भर्ती प्रक्रिया निःशुल्क, निष्पक्ष र पारदर्शी हुने भएकाले कुनै व्यक्तिको पछाडि नलाग्न सुझाएका छन् ।

महामारीकै कारण बेलायत सरकारले आगामी वर्षका निम्ति भर्ती नीति कडाइ गरेको छ । यसअघि पूर्वमा धरान र पश्चिम पोखरामा रजिस्ट्रेसन र क्षेत्रीय छनोट गथ्र्यो भने यो पटक रजिस्ट्रेसन (नाम लेखाउने), क्षेत्रीय र केन्द्रीय छनोट पोखरामा गर्ने भएको छ । आउ“दो वर्षका निम्ति कोटा घटाएर ब्रिटिसतर्फ २ सय ३० जना र सिंगापुरका निम्ति १ सय ४० जना छनोट गर्नेछ । ब्रिटिसतर्फ विगतको तुलनामा १ सय १० जनाको कोटा घटाएको छ । रजिस्ट्रेसन खुला गरिए पनि क्षेत्रीय र अन्तिम छनोटका निम्ति ब्रिटिसतर्फ ३ हजार र सिंगापुरका निम्ति २ हजार जना मात्र बोलाउने भनिएको छ ।

यस पटक प्रतिस्पर्धीले नाम लेखाउने बेलामै गणितको जाँच दिनुपर्नेछ । त्यसैगरी बाह्र पटक ओभरआर्म हेभिङ, २० किलोको भारी बोकेर रिपिटेड लिफ्ट एन्ड क्यारी दौड १ मिनेट ४६ सेकेन्डमा पार गर्नुपर्नेछ । यसअघि क्षेत्रीय छनोटमा मात्र स्पर्धा गराइन्थ्यो । यसैगरी साधारण मेडिकल चेकअप, न्यूनतम १ सय ५८ सेन्टिमिटर उचाइ भएका प्रतिस्पर्धीले बडी मास इन्डेक्स (बीएमआई) का आधार छनोट हुन सक्नेछ । एसईईमा अंग्रेजी र गणितमा कम्तीमा ‘सी ग्रेड’ हासिल गरेको हुनुपर्ने छ । नागरिक र राहदानीसहित बाबु–आमाको नागरिकता साथै गाउँ÷नगरपालिकाबाट ठेगाना प्रमाणित भएको सिफारिस अनिवार्य बुझाउन भनिएको छ । आगामी प्रारम्भिक चरणमै कोरोना भाइरसको लक्षण नदेखिएको र १० दिन क्वारेन्टाइनमा बसेको प्रमाण पेस गर्न भनिएको छ ।

भदौ १३ देखि असोज २४ गतेभित्र हुने क्षेत्रीय छनोटमा शैक्षिक जाँच, अंग्रेजी भाषा, शारीरिक तथा स्वास्थ्य परीक्षण र अन्तर्वार्ताको सामना गर्नुपर्नेछ । यसैगरी २ मिनेट ३० सेकेन्डमा आठ सय मिटर दौड पूरा गर्नुपर्नेछ । यसअघि २ मिनेट ४० सेकेन्ड समय दिइन्थ्यो । यस्तै दायाँ–बायाँ हातमा २०–२० किलो तौलको जेरिक्यान बोकेर २ सय ४० मिटर दूरी दुई मिनेटमा पार गर्नुपर्नेछ । सिंगापुरतर्फ कात्तिक २४ देखि एक महिनाभित्र क्षेत्रीय छनोट हुने जनाइएको छ । क्षेत्रीय छनोटमा परेकालाई केन्द्रीय छनोटमा बोलाइने छन् । सिंगापुरको माघ ८ देखि १७ गतेभित्र छनोट भइसक्नेछ । त्यसपछि ब्रिटिस गोर्खा माघ १९ देखि फागुन १० गतेभित्र छानिने जनाइएको छ । शारीरिक, शैक्षिक र मेडिकल जाँच लिइने जनाइएको छ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...