कोरोना भाइरसका कारण बेलायत र सिंगापुर भर्ती मिति सर्‍याे

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण दोस्रो लहरमा फैलिएपछि ब्रिटिस सेना र सिंगापुर प्रहरीको भर्ती दर्ता मिति सरेको छ । कोरोना महामारी नेपालमा उच्च दरले वृद्धि भएसँगै तीन हप्ता पछाडि सरेको जनाइएको छ ।

नेपाल सरकारले जारी गरेको आदेश पालना गर्दै ब्रिटिस आर्मी तथा सिंगापुर पुलिसको भर्ती दर्ता हुने मिति तीन हप्ताले पछाडि सारिएको जानकारी दिदै ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइट आर्मी डट एमओडी डट यूकेमा भनेको छ । साथै मुख्यालयले ‘मिति बदली भएको नयाँ कल फर्वर्ड लिस्ट तुरुन्त वेबसाइटमा राख्ने र कुनै फेरबदल गर्न परेमा तथा अन्य समस्या आएमा तुरुन्तै खबर गर्नेछौं ।’ –भनेको छ ।

वेवसाइटबाट रिक्रुट इन्टक–२०२२ का निम्ति उक्त जानकारी गराएको हो । अघिल्लो सूचनामा जेठ १० गतेदेखि साउन १४ गतेभित्र रजिस्ट्रेसनको समय तोकेको थियो । ‘कृपया नेपाल सरकारले जारी गरेको आदेश पालना गर्नुहोस्,’ रिक्रुटमेन्ट हेर्ने डेपुटी रेक्रुटिङ अफिसर ज्याकमेलले भिडियो सन्देशमा भनेका छन्, ‘डिसेम्बरबाट सेन्ट्रल सेलेक्सन सुरु हुन्छ । सुरक्षित रहन सावधानी अपनाउनुहोस् । समूहमा नभई सकेसम्म एक्लै तालिम गर्नुहोस् । सधैं मास्क लगाउनुहोस् । २ मिटरको सामाजिक दूरी सधैं कायम राख्नुहोस् । साबुन पानीले सधैं हात धुनुहोस् । सधैं स्वस्थ अनि सुरक्षित रहनु होस् ।’ भर्ती प्रक्रिया निःशुल्क, निष्पक्ष र पारदर्शी हुने भएकाले कुनै व्यक्तिको पछाडि नलाग्न सुझाएका छन् ।

महामारीकै कारण बेलायत सरकारले आगामी वर्षका निम्ति भर्ती नीति कडाइ गरेको छ । यसअघि पूर्वमा धरान र पश्चिम पोखरामा रजिस्ट्रेसन र क्षेत्रीय छनोट गथ्र्यो भने यो पटक रजिस्ट्रेसन (नाम लेखाउने), क्षेत्रीय र केन्द्रीय छनोट पोखरामा गर्ने भएको छ । आउ“दो वर्षका निम्ति कोटा घटाएर ब्रिटिसतर्फ २ सय ३० जना र सिंगापुरका निम्ति १ सय ४० जना छनोट गर्नेछ । ब्रिटिसतर्फ विगतको तुलनामा १ सय १० जनाको कोटा घटाएको छ । रजिस्ट्रेसन खुला गरिए पनि क्षेत्रीय र अन्तिम छनोटका निम्ति ब्रिटिसतर्फ ३ हजार र सिंगापुरका निम्ति २ हजार जना मात्र बोलाउने भनिएको छ ।

यस पटक प्रतिस्पर्धीले नाम लेखाउने बेलामै गणितको जाँच दिनुपर्नेछ । त्यसैगरी बाह्र पटक ओभरआर्म हेभिङ, २० किलोको भारी बोकेर रिपिटेड लिफ्ट एन्ड क्यारी दौड १ मिनेट ४६ सेकेन्डमा पार गर्नुपर्नेछ । यसअघि क्षेत्रीय छनोटमा मात्र स्पर्धा गराइन्थ्यो । यसैगरी साधारण मेडिकल चेकअप, न्यूनतम १ सय ५८ सेन्टिमिटर उचाइ भएका प्रतिस्पर्धीले बडी मास इन्डेक्स (बीएमआई) का आधार छनोट हुन सक्नेछ । एसईईमा अंग्रेजी र गणितमा कम्तीमा ‘सी ग्रेड’ हासिल गरेको हुनुपर्ने छ । नागरिक र राहदानीसहित बाबु–आमाको नागरिकता साथै गाउँ÷नगरपालिकाबाट ठेगाना प्रमाणित भएको सिफारिस अनिवार्य बुझाउन भनिएको छ । आगामी प्रारम्भिक चरणमै कोरोना भाइरसको लक्षण नदेखिएको र १० दिन क्वारेन्टाइनमा बसेको प्रमाण पेस गर्न भनिएको छ ।

भदौ १३ देखि असोज २४ गतेभित्र हुने क्षेत्रीय छनोटमा शैक्षिक जाँच, अंग्रेजी भाषा, शारीरिक तथा स्वास्थ्य परीक्षण र अन्तर्वार्ताको सामना गर्नुपर्नेछ । यसैगरी २ मिनेट ३० सेकेन्डमा आठ सय मिटर दौड पूरा गर्नुपर्नेछ । यसअघि २ मिनेट ४० सेकेन्ड समय दिइन्थ्यो । यस्तै दायाँ–बायाँ हातमा २०–२० किलो तौलको जेरिक्यान बोकेर २ सय ४० मिटर दूरी दुई मिनेटमा पार गर्नुपर्नेछ । सिंगापुरतर्फ कात्तिक २४ देखि एक महिनाभित्र क्षेत्रीय छनोट हुने जनाइएको छ । क्षेत्रीय छनोटमा परेकालाई केन्द्रीय छनोटमा बोलाइने छन् । सिंगापुरको माघ ८ देखि १७ गतेभित्र छनोट भइसक्नेछ । त्यसपछि ब्रिटिस गोर्खा माघ १९ देखि फागुन १० गतेभित्र छानिने जनाइएको छ । शारीरिक, शैक्षिक र मेडिकल जाँच लिइने जनाइएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;