सरकारद्वारा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको तारिफ

 लिम्बुवान न्युज
                       

काठमाडौं, वैशाख १६। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ विरुद्धको लडाइँमा राष्ट्रिय आविष्कार केन्द्रले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । आज सिंहदरबारमा केन्द्रका अध्यक्ष महावीर पुनसँगको भेटमा उनले केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढका लागि लाग्न आग्रह गरे ।

सरकारका तर्फबाट आविष्कार केन्द्रलाई यथा सक्दो सहयोग गरिने आश्वासन समेत मन्त्री पोखरेलले दिएका छन् । कोभिड–१९ विरुद्धको लडाइँ सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको आवश्यक रहेकामा उनले जोड दिए ।

सो अवसरमा केन्द्रका अध्यक्ष पुनले कोभिड–१९ को संकट आउनासाथ आफूहरुले संकटमा सहयोग पु¥याउन ११ प्रकारका विभिन्न सुरक्षा सम्बन्धी सामाग्री तयार गरी निःशुल्क वितरण गरेको र अहिलेसम्म ३८ हजार ५०० थान पिपिई निःशुल्क प्रदान गरिसकेको जानकारी दिए । वैज्ञानिक पुनले वर्तमान संकटकालीनावस्थामा त्यही अनुसारको अध्यादेश र कानून बनाएर भए पनि जनताको जीवन रक्षा गर्न उपप्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...