प्रथम एनएसएल फूटबल प्रतियोगिताको फाइनलमा काठमाडौं र धनगढी भिड्दै

 लिम्बुवान न्युज
                       

काठमाडौं । खुकुरी नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) फाइनलमा प्रतिस्पर्धा हुदैछ । आज हुने पहिलो संस्करणको उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल अघि दुबै टिमका कप्तान र प्रशिक्षकहरुले उपाधि जित्ने योजनासहित मैदानमा उत्रने बताईसकेका छन् ।

धनगढी एफसी 

काठमाडौंका प्रशिक्षक बाल गोपाल महर्जनले कमीकमजोरीलाई सुधार्दै धनगढीसँग बदला लिदै उपाधि उचाल्ने बताए । काठमाडौं ‘लिग चरण र सेमिफाइनल (प्लेअफ) मा धनगढीसँग हार ब्यहोरेको थियो । तेस्रो भेटलाई बदलाको सुनौलो अवसर भएको बताउँदै प्रशिक्षक महर्जनले उपाधी घरमै जितेर राख्न मेहनत गर्ने बताए ।

काठमाडौंका मार्की तथा कप्तान नेपालका दोस्रो नम्बर गोलकिपर विकेश कुथुले दुई खेलको हारबाट पाठ सिकेको र फाइनलमा जित्दै उपाधी उचाल्ने हिसाबले खेल्ने बताए ।

काठमाडाैं रेजर्स एफसी

अघिल्ला दुई खेलमा विजयी धनगढीले उच्च मनोबलको साथ फाइनल खेलमा मैदान उत्रने बताएका छन् । ‘दुई भेटमा काठमाडौंलाई पराजित गरिसकेकातापनि प्रतिद्वन्दीलाई सम्मान गर्दै उपाधि जित्नका लागि खेल्ने धनगढीका नाइजेरियन प्रशिक्षक तोपे फुजाले बताए ।

धनगढीका आईकोनिक खेलाडी तथा कप्तान नेपालका एकनम्बर गोलकिपर किरण कुमार लिम्बुले फाइनल खेल निक्कैनै प्रतिस्पर्धात्मक हुने उल्लेख गर्दै प्रतिद्वन्दीलाई सम्मान गर्दै उपाधिका लागि खेल्ने प्रतिक्रिया दिए । ‘तेस्रो पटक काठमाडौंसँग खेल्न पाउँदा आफू निक्कै नै उत्साहित भएको बताउँदै आइकोनिक खेलाडी लिम्बुले फाइनल निक्कै प्रतिस्पर्धात्मक हुने बताउँदै उपाधि जित्ने विश्वासका साथ खेल्ने बताए ।

फाइनल खेल विजेताले ३५ लाख पाउने छ भने उपविजेताले १५ लाख पाउनेछन् । त्यसैगरी विधागत उत्कृष्ट खेलाडीले १÷१ लाख र उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रकम पाउनेछन् । पहिलो संस्करणको यो खेलमा ७ फ्रेन्चाइज टिम सहभागी भएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...