काठमाडौं रेजर्स एफसीले प्रथम एनएसएल लिग चुम्यो

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स एफसीले चुमेकोे छ । आज (शनिबार) दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो संस्करणको एनएसएलको उपाधि चुमेको हो ।

काठमाडौंका लागि क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले गरेका एक मात्र गोल निर्णायक बन्दै काठमाडौंले धनगढीसँग यसअघि बेहोरेको दुई हारको बदला समेत लिएको छ ।

यसअघि लिग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले र पहिलो क्वालिफायरमा धनगढीले बराबरको स्थिति उल्टाउँदै काठमाडौंलाई थपसमयमा २–१ ले हराएको थियो ।

दशरथ रंगशालामा खेलको २१औं मिनेटमा मेसोउके ओलोमोउले धनगढीका विशाल राईबाट विश्वास श्रेष्ठले बल खोस्दै दिएको पासमा मेसोउकेले धनगढीका दुई डिफेण्डरलाई बिट गर्दै उत्कृष्ट फिनिङ मार्फत गोल गरेका थिए ।

दोस्रो हाफ अत्यन्तै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक बनेको थियो । दुवै टोलीले धेरै गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

प्रथम एनएसएल च्याम्पियन काठमाडौंले उपाधिसँगै नगद ३५ लाख पक्का पाएको छ भने उपविजेतामा चित्त बुझाएको धनगढीले १५ लाख रुपैयाँ पाएको छ ।

उत्कृष्ट प्रशिक्षक काठमाडौंका बाल गोपाल महर्जन, उत्कृष्ट गोलकिपर किरण चेम्जोङ धनगढी एफसी, उत्कृष्ट डिफेण्डर दिनेश राजवंशी धनगढी एफसी, उत्कृष्ट मिडफिल्डर मेसोउके ओलोमोउ काठमाडौं रेजर्स र उत्कृष्ट फरवार्ड अञ्जन विष्ट ललितपुर सिटी एफसी पाएका छन् । उत्कृष्ट विधाका सबैले जनही १÷१ लाखको पुरस्कार र ट्रफी हात पारेका छन् ।

यस्तै इमर्जीङ प्लेयर अफ्द टुर्नामेण्ट काठमाडौंका विश्वास श्रेष्ठ बनेका छन् उनले नगद ५० हजार हात परे । त्यसैगरी फेयर प्लेयर टिम बुटवल लुम्बिनी एफसीले हात पारेको छ ।

यस्तै आजको खेलको सपुर प्लेयर काठमाडौं रेजर्स एफसीका क्वारा फ्लोरेन घोषित भएका छन् उनले नगद २५ हजार हात पारेका छन् यस्तै एमर्जिङ प्लेयर अफ दि म्याजको उपाधी काठमाडौं रेजर्सका राजन गुरुङ् बनेका छन् उनले १० हजार हात पारेका छन् ।

 

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...