आज नेपालले इराकविरुद्ध मैत्रिपूर्ण फुटबल खेल्दै

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर डेस्क । आज नेपालले इराकविरुद्ध मैत्रिपूर्ण फुटबल खेल खेल्दैछ । नेपाली समय अनुसार आज राति १०ः१५ बजे इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय खेल मैदानमा नेपाल र इराक बिच मैत्रिपूर्ण खेल हुँदैछ ।

नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

फिपाले विहीबार सार्वजनिक गरेको वरीयतामा नेपालभन्दा १०३औं स्थान माथि इराक ६८औं स्थानमा रहेको छ । नेपाल फिपा वरीयतामा १ सय ७१ औं स्थानमा छ ।

इराकविरुद्धको खेल कुवेती प्रो लाईसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको पहिलो खेल हुनेछ । उनी औषत २३ वर्षका खेलाडी बोकेर इराक पुगेका छन् । यहि टोलीले विश्वकप छनोटका बाँकी ३ खेल खेल्नेछ ।

नेपाल र इराकबीच यो चौंथो भेट हो । यस अघि नेपाल र इराकले ३ खेलमा प्रतिस्पर्धा गरेका छन् । तीनै खेलमा इराकले नेपाललाई ‘क्लिन स्विप’ गरेको छ । तीन खेलमा इराकले १६ गोल गरेको छ भने नेपालले ३ गोल मात्र फर्काउन सकेको छ ।

मुख्य प्रशिक्षक अलमुताईरीले यस पटक नेपाली टिममा ठूलो परिवर्तन गरेका छन् । पछिल्लो समय थ्री नेसन्स कपको उपाधि विजेता टोलीबाट उनले १० खेलाडीलाई मात्रै टिममा लिएका छन् । उनले ६ नयाँ खेलाडीलाई टोलीमा अवसर दिएका छन् ।

अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोलि स्थलमार्ग हुँदै कुवेत जानेछन् । २३ खेलाडी सहित ३६ सदस्यीय नेपाली टोली बुधबार नै इराक पुगेका हुन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;