संघीय लोकतान्त्रिक सामाजिक मञ्च कतारको तदर्थ समिति गठन

 लिम्बुवान न्युज
                       


कतार, ३ मे २०२२ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका संघीय सदस्य कुमारसिं योङहाङको संयोजकत्वमा १७ सदस्यीस संघीय लोकतान्त्रिक सामाजिक मञ्च (सलोसाम) कतारको तदर्थ समिति गठन भएको छ ।

उक्त तदर्थ समितिले पहिचानमा आधारित लिम्बुवान सहित किरात खम्बुवान, तामाङसालिङ, शेर्पा, नेवा, मगरात, तमुवान, मधेस, थारुहट, खसान र दलित मुक्ति मञ्च लगायत (१०+१) प्रान्तलाई समेटी ६ महिना भित्रमा प्रथम अधिवेशन गर्ने विज्ञप्ती मार्फत उल्लेख गरेको छ ।

सलोसा मञ्चले संलोरामको नेपालको राजनैतिक कार्यनितीलाई अंगिकार गर्दै ऐतिहासीक पृष्टभुमी र पहिचानको आधारमा संघीय प्रान्तहरु स्थापनाको लागि बुलन्द आवाज उठाउनका साथै संगठनका गतिविधीहरुमा एक्युवद्धता जनाउने छ भने यस मञ्चले कतारमा रहेको अन्य वैचारिक संगठन, सामाजिक संघसंस्थाहरु, नेपाली नागरिक समुदाय, वैदेशिक रोजगारमा रहेका सवै नेपाली दाजुभाइ दिदीबहिनीहरुसंग एकापसमा समन्वयात्मक भुमिका र सहकार्य गर्नका साथै सामाजिक क्रियाकलाप, मानविय सहयोग, खेलकुद, सांस्कृतिक, धार्मिक एवं अन्य विविध क्षेत्रहरुमा रहेका नेपाली समुदायसंग हातेमालो गर्दै आफनो सांगठनिक सामथ्र्यलाई निरन्तर अगाडी बढाउने भनि संयोजक योङहाङ द्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा खुलाईएको छ ।

विज्ञप्ति अनुसार समितिको संयोजमा योङहाङसँगै उपाध्यक्षहरुमा पर्शुराम चौधरी, युवराज वेघा, यतुकुमार सम्बाहाम्फे, रेखा राई खामसामा, घनेन्द्र चेम्जोङ रहेका छन् भने महासचिवमा भविन्द्र तुम्बापो (ताङसाहाङ) चयन भएका छन् । यसैगरी उपमहासचिवमा होम फियाक, सचिवमा टिका मिभक, अर्थसचिवमा दिपेन चेम्जोङ, सह–अर्थसचिवहरुमा उद्व दर्नाल र तनुजा तामाङ् चयन भएका छन् ।

यसरी नै समितिका सदस्यहरुमा मञ्जु साँवा, सञ्जकुमार चाम्लिङ, सुमी गुरुङ, चन्द्रकला तामाङ, अञ्जु राई, तेज थेवे र डम्बर लिवाङ रहेका छन् । समितिको सल्लाहकारहरुमा प्रेम आङबुहाङ र सीताराम थेवे चयन भएका छन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...